Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

२३ गतेबाट चैनपुर जेसीजको फुटबल प्रतियोगिता

footballff-1696466055.jpg

google

१८ असोज, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) ले चाडपर्वको पूर्व सन्ध्यामा जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २३ गते मंगलबारबाट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । 
प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले बताएको छ । युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।
 ‘स्थापनादेखि नै युवा लक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को रहँदै आएको छ । संस्थाले विभिन्न गतिविधि गर्ने क्रममा खुला फुटबलको आयोजना गर्न लागेका हौं’, अध्यक्ष अधिकारीले भने, ‘यसको तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिता राक्सिराङमा सञ्चालन गर्ने योजना थियो वर्षाका कारण हाँडीखोलामै गर्न लागेका हौं ।’ 
मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक चैनपुर जेसीजका महासचिव रविन ढकालले बताए । प्रतियोगिताको लागि कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीको संयोजकत्वमा समिति निर्माण गरिएको छ । 
प्रतियोगितामा सहभागी हुन चाहने क्लव तथा संघसंस्थाले २१ गते आइतबार दिउँसो सम्म टिम दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक अधिकारीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार