११ पुस, हेटौडा ।नेपाली काँग्रेसका हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस राजनीतिक गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । ‘
व्यवसायिक संस्थाहरु स्वतन्त्र र व्यवसायिक नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संस्थामा राजनीति घुसेपछि संस्थाको छवि बिग्रिन्छ’, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका पराजुलीले भने, ‘यसअर्थ मउवा संघको निर्वाचनमा स्वतन्त्र एवम् उद्योगी व्यवसायीको हकहितमा काम गर्न सक्ने व्यक्ति चुनिनुपर्छ । काँग्रेस कुनै गठबन्धन बनाउने वा गठबन्धनलाई सहयोग गर्ने पक्षमा छैन ।’
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरुको समर्थन विभिन्न उम्मेदवारलाई रहने चर्चा चल्दै गर्दा पराजुलीले उद्योगी व्यवसायीको संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका हुन् । काँग्रेससहित अन्य दलका नेताहरुलाई उद्योगी व्यवसायीको संस्थामा फोहोरी राजनीति नगर्न अनुरोध समेत गरे । ‘काँग्रेसका केही नेताहरु मउवा संघको निर्वाचनमा केही व्यक्ति बोकेर हिँडिरहेका पनि देखिएको छ । त्यो वहाँहरुको व्यक्तिगत कुरा हो’, उनले भने, ‘काँग्रेसले कसैलाई समर्थन गर्ने आधिकारिक निर्णय गरेको छैन ।’ मउवा संघको निर्वाचनको क्रममा अध्यक्ष, उपाध्यक्ष वा कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका कुनै व्यक्तिले नेपाली काँग्रेसको समर्थन छ हल्ला गरेको वा बुझेको भए केवल भ्रम मात्र भएको उनले बताए । ‘कुनै पार्टीका केही नेतालाई बोकेर हिँडेको भरमा व्यवसायिक संस्थाको चुनाव जितिन्छ भन्ने भ्रममा पर्नु गलत हुनेछ’, उनले थपे, ‘संस्थाको मर्यादालाई ख्याल राखेर व्यवसायिक हकहितमा काम गरेको छ भने पक्कै त्यो व्यक्तिले चुनाव जित्नेछ । काँग्रेसले सहयोग र समर्थन गर्न परेको खण्डमा त्यस्तै व्यक्तिलाई सहयोग गर्नेछ ।’मकवानपुर उद्योग वाणिज्य संघसहित निर्वाचन नजिकिँदै गरेको नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, टेम्पो तथा मझौला यातायात व्यवसायी संघलगायतको संस्थाहरुमा समेत काँग्रेसले कुनै उम्मेदवारलाई बोकेर नहिँड्ने काँग्रेस नगर सभापति पराजुलीले स्पष्ट पारे ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



