११ पुस, हेटौडा ।नेपाली काँग्रेसका हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस राजनीतिक गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । ‘
व्यवसायिक संस्थाहरु स्वतन्त्र र व्यवसायिक नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संस्थामा राजनीति घुसेपछि संस्थाको छवि बिग्रिन्छ’, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका पराजुलीले भने, ‘यसअर्थ मउवा संघको निर्वाचनमा स्वतन्त्र एवम् उद्योगी व्यवसायीको हकहितमा काम गर्न सक्ने व्यक्ति चुनिनुपर्छ । काँग्रेस कुनै गठबन्धन बनाउने वा गठबन्धनलाई सहयोग गर्ने पक्षमा छैन ।’
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका नेताहरुको समर्थन विभिन्न उम्मेदवारलाई रहने चर्चा चल्दै गर्दा पराजुलीले उद्योगी व्यवसायीको संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका हुन् । काँग्रेससहित अन्य दलका नेताहरुलाई उद्योगी व्यवसायीको संस्थामा फोहोरी राजनीति नगर्न अनुरोध समेत गरे । ‘काँग्रेसका केही नेताहरु मउवा संघको निर्वाचनमा केही व्यक्ति बोकेर हिँडिरहेका पनि देखिएको छ । त्यो वहाँहरुको व्यक्तिगत कुरा हो’, उनले भने, ‘काँग्रेसले कसैलाई समर्थन गर्ने आधिकारिक निर्णय गरेको छैन ।’ मउवा संघको निर्वाचनको क्रममा अध्यक्ष, उपाध्यक्ष वा कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएका कुनै व्यक्तिले नेपाली काँग्रेसको समर्थन छ हल्ला गरेको वा बुझेको भए केवल भ्रम मात्र भएको उनले बताए । ‘कुनै पार्टीका केही नेतालाई बोकेर हिँडेको भरमा व्यवसायिक संस्थाको चुनाव जितिन्छ भन्ने भ्रममा पर्नु गलत हुनेछ’, उनले थपे, ‘संस्थाको मर्यादालाई ख्याल राखेर व्यवसायिक हकहितमा काम गरेको छ भने पक्कै त्यो व्यक्तिले चुनाव जित्नेछ । काँग्रेसले सहयोग र समर्थन गर्न परेको खण्डमा त्यस्तै व्यक्तिलाई सहयोग गर्नेछ ।’मकवानपुर उद्योग वाणिज्य संघसहित निर्वाचन नजिकिँदै गरेको नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, टेम्पो तथा मझौला यातायात व्यवसायी संघलगायतको संस्थाहरुमा समेत काँग्रेसले कुनै उम्मेदवारलाई बोकेर नहिँड्ने काँग्रेस नगर सभापति पराजुलीले स्पष्ट पारे ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















