Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जेसीज कपः परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

dda-1697168233.jpg

२६ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ । 
बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम युवा क्लव नेवारपानीलाई ३–२ गोलले हराएको हो । 
परेलीको तर्फबाट प्रताप भट्टले २ तथा आशिष थिङले १ गोल गर्दा सक्षमको तर्फबाट निर्मल लामाले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका प्रताप भट्ट घोषित भए । 
दिउँसोको खेलमा केदारेश्वर युवा क्लव रजैयाले सूर्यकिरण युवा क्लव मनहरी ५ लाई ३–० ले हराएको हो । रजैयाको तर्फबाट दीपक कार्की, निरन्जन अधिकारी र विश्वास ब्लोनले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच रजैयाका विश्वास ब्लोन घोषित भए । 
यस्तै बिहीबारको अन्तिम खेलमा सयपत्री युवा क्लव सुनाचुरीले कालिका एफसी राक्सिराङलाई २–० ले हराएको हो । सुनाचुरीका लागि बिराज बल र सुदिप घलानले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सयपत्रीका रबिन मोक्तान घोषित भए । 
जारी प्रतियोगितामा आज शुक्रबार आयोजक जेसीआई चैनपुरले जनसिद्ध युवा क्लवसँग खेल्नेछ भने दोस्रो खेलमा एफसी लामिटारले हाँडीखोला एफसीसँग खेल्नेछ । 
कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार