Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जेसीज कपः परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

dda-1697168233.jpg

२६ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ । 
बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम युवा क्लव नेवारपानीलाई ३–२ गोलले हराएको हो । 
परेलीको तर्फबाट प्रताप भट्टले २ तथा आशिष थिङले १ गोल गर्दा सक्षमको तर्फबाट निर्मल लामाले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका प्रताप भट्ट घोषित भए । 
दिउँसोको खेलमा केदारेश्वर युवा क्लव रजैयाले सूर्यकिरण युवा क्लव मनहरी ५ लाई ३–० ले हराएको हो । रजैयाको तर्फबाट दीपक कार्की, निरन्जन अधिकारी र विश्वास ब्लोनले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच रजैयाका विश्वास ब्लोन घोषित भए । 
यस्तै बिहीबारको अन्तिम खेलमा सयपत्री युवा क्लव सुनाचुरीले कालिका एफसी राक्सिराङलाई २–० ले हराएको हो । सुनाचुरीका लागि बिराज बल र सुदिप घलानले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सयपत्रीका रबिन मोक्तान घोषित भए । 
जारी प्रतियोगितामा आज शुक्रबार आयोजक जेसीआई चैनपुरले जनसिद्ध युवा क्लवसँग खेल्नेछ भने दोस्रो खेलमा एफसी लामिटारले हाँडीखोला एफसीसँग खेल्नेछ । 
कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार