१२ पुस, हेटौँडा । नेपालका ख्याति प्राप्त कलाकारहरु आफ्नो प्रस्तुतिका लागि हेटौँडा आउने भएका छन् । हेटौँडामा हुन लागेको म्युजिकल नाईटका लागि संगीत, चलचित्र र हास्य विधासंग सम्बन्धी कलाकारहरु हेटौँडा आउने भएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गर्न लागेको म्युजिकल नाईटमा चर्चित गायिका अञ्जु पन्तदेखि हाँस्य कलाकार केदार घिमिरेसम्मका कलाकारहरु आउने बुधबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
कार्यक्रममा बोल्दै फोरमका सभापति एवं चलचित्रकर्मी आकाश अधिकारीले चलचित्र उद्योगको प्रवद्र्धनसंगै प्राकृतिक प्रकोपमा उद्धारका लागि महासंघमा कोष बनाउने उद्देश्यले कार्यक्रम गर्न लागेको बताए । अधिकारीका अनुसार हेटौँडा रिगल रिसोर्टमा हुने तीन घण्टाको कार्यक्रममा कलाकारहरु आकाश अधिकारी, निरुता सिंह, स्वेता खड्का, निता ढुंगाना, एसराज गराच, हाँस्य कलाकार जितु नेपाल मुन्द्र्रे, केदार घिमिरे माग्ने बुढा, गायक राजनराज शिवाकोटी, युवराज चौलागाई, गायिका अञ्जु पन्तसहितका कलाकाहरुले आप्mनो प्र्रस्तुति दिनेछन् ।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा महासंघका कार्यसमिति सदस्य एवं मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, अरुणराज सुमार्गी, फोरमका उपसभापति नरेन्द्र्र महर्जन, बस्तुगत समिति सभापति सुमित केडिया लगायतले मनोरन्जनको माध्यमबाट प्राकृतिक विपद्मा परेकाहरुका लागि आर्थिक संकलन गर्ने उद्देश्यले कार्यक्रम गरेको भन्दै सहयोगका लागि आव्हान गरेका थिए ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















