Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जेसीज कप फुटबलः प्रहरी र सिमपानी सेमिफाइनलमा 

Capture-1697290585.JPG

२७ असोज, हेटौंडा । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोला लामिटारमा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण र सिमपानी एफसी सेमिफाइनल प्रवेश गरेका छन् । 
शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा प्रहरीले हाँडीखोला यूथ क्लवलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रहरीको तर्फबाट देव सुनारले २ तथा दीपक घलेले एक गोल गरेका हुन् । खेलमा प्रहरीले नै सुरुवाती अग्रता लिएको थियो । 
हाँडीखोलाको तर्फबाट अभिनास राईले एक गोल गरेका थिए । हाँडीखोलाले पेनाल्टी समेत सदुपयोग गर्न सकेन । बिनय तामाङको पेनाल्टी प्रहारलाई प्रहरीका गोलरक्षक मनोज पुनले बचाएका थिए । खेलमा प्रदेश प्रहरी गणका विशाल थिङ म्यान अफ द म्याच भए । 
यस्तै दोस्रो खेलमा एफसी परेली बस्तिपुरलाई टाइब्रेकरमा हराउँदै सिमपानी एफसीले सेमिफाइनलमा स्थान बनाएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा परेली खेलबाट बाहिरिएको हो । निर्धारित समय एक एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा सिमपानी ४–३ गोलले विजयी भएको हो । 
खेलमा बस्तिपुरको तर्फबाट आशिष् लामा र सिमपानीको तर्फबाट मनिष पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा बस्तिपुरको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच परेलीका सुशान्त थिङ भए । 
यहि कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको बिजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद र ट्रफीको व्यवस्था गरिएको छ । 
प्रतियोगितामा आइतबार आयोजक जेसीआई चैनपुरले केदारेश्वर युवा क्लव रजैयासँग र हाँडीखोला एफसीले सयपत्री क्लव सुनाचुरीसँग खेल्नेछ । 
दशैं, तिहार लगायतको पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने र खेलाडीहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए । प्रतियोगितामा मकवानपुरका १६ वटा टिमको सहभागिता रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार