२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र केदारेश्वर युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार भएको पहिलो खेलमा सयपत्रीले हाँडीखोला एफसीलाई ३–१ गोल अन्तरले हराएको हो । सयपत्रीबाट संघर्ष मगरले २ र सुरेश मोक्तानले एक गोल गरेका थिए । हाँडीखोलाबाट महेश लामाले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा सुनाचुरीका रबिन मोक्तान म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा आयोजक जेसीआई चैनपुरलाई १–० गोलले हराउँदै रजैयाले सेमिफाइनल भिडन्त पक्का गरेको हो । खेलमा दीपक कार्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफमा गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच रजैयाका उत्तम मोक्तान घोषित भए ।
प्रतियोगितामा सोमबार सेमिफाइनल चरणको खेल हुनेछ । पहिलो सेमिफाइनल सिमपानी एफसी र केदारेश्वर युवा क्लव रजैयाको बीचमा हुनेछ भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश प्रहरी गण र सयपत्री एफसी भिड्नेछन् ।
यहि कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मकवानपुरमा १६ टिमको सहभागिता रहेको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)