२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र केदारेश्वर युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार भएको पहिलो खेलमा सयपत्रीले हाँडीखोला एफसीलाई ३–१ गोल अन्तरले हराएको हो । सयपत्रीबाट संघर्ष मगरले २ र सुरेश मोक्तानले एक गोल गरेका थिए । हाँडीखोलाबाट महेश लामाले एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा सुनाचुरीका रबिन मोक्तान म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा आयोजक जेसीआई चैनपुरलाई १–० गोलले हराउँदै रजैयाले सेमिफाइनल भिडन्त पक्का गरेको हो । खेलमा दीपक कार्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफमा गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच रजैयाका उत्तम मोक्तान घोषित भए ।
प्रतियोगितामा सोमबार सेमिफाइनल चरणको खेल हुनेछ । पहिलो सेमिफाइनल सिमपानी एफसी र केदारेश्वर युवा क्लव रजैयाको बीचमा हुनेछ भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश प्रहरी गण र सयपत्री एफसी भिड्नेछन् ।
यहि कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मकवानपुरमा १६ टिमको सहभागिता रहेको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







