Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जेसीज खुला दौडमा प्रताप लामा प्रथम

Capture-1697549380.JPG

३० असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भएको २ किलोमिटर खुला दौड प्रतियोगितामा मनहरी ९ रजैयाका प्रताप लामा प्रथम भएका छन् । 
अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । उनी थ्रीस्टार क्लवबाट फुटबल खेल्दै आएका ए डिभिजन खेलाडी हुन् । प्रतियोगितामा मनहरी ३ लामिटारका रामबहादुर राई द्वितीय हुँदा रजैयाकै दिपेन्द्र न्यौपाने तृतीय भएका छन् । 
प्रथम, द्वितीय र तृतीय भएकाहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई जेसीज सप्ताहको समापनको क्रममा पुरस्कार प्रदान गरिनेछ । 
कार्यक्रम संयोजक मनिष पौडेलको संयोजकत्व एवम् चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
वडा अध्यक्ष थापाले जेसीज लगायतका संस्थाले सामाजिक विकासमा महत्वपूर्ण सघाउ पु¥याउँदै आएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए । राजनीतिक दलसहित अन्य विभिन्न सामाजिक संस्थाले जेसीजबाट एक व्यक्ति, एक वर्ष, एक कार्यकालको नीति र विधिको शासनलाई आत्मसाथ गर्नुपर्ने उनको धारणा थियो । 
कार्यक्रममा जेसीजका अध्यक्ष सल्लाहकार विदुर थापा, स्थानीय नवज्योति प्राविका शिक्षक नविनकुमार रेग्मी, जेसीज सप्ताह सहमूल कार्यक्रम संयोजक मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी राजेन्द्र कुँवर, लामिटार मध्यवर्ती सामुदायिक उपभोक्ता समूहका कोषाध्यक्ष जयराम राई, सानाकिसान सहकारीका व्यवस्थापक सुरेन्द्र तितुङ लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार