३० असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भएको २ किलोमिटर खुला दौड प्रतियोगितामा मनहरी ९ रजैयाका प्रताप लामा प्रथम भएका छन् ।
अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । उनी थ्रीस्टार क्लवबाट फुटबल खेल्दै आएका ए डिभिजन खेलाडी हुन् । प्रतियोगितामा मनहरी ३ लामिटारका रामबहादुर राई द्वितीय हुँदा रजैयाकै दिपेन्द्र न्यौपाने तृतीय भएका छन् ।
प्रथम, द्वितीय र तृतीय भएकाहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उनीहरुलाई जेसीज सप्ताहको समापनको क्रममा पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रम संयोजक मनिष पौडेलको संयोजकत्व एवम् चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा अध्यक्ष थापाले जेसीज लगायतका संस्थाले सामाजिक विकासमा महत्वपूर्ण सघाउ पु¥याउँदै आएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्न तयार रहेको बताए । राजनीतिक दलसहित अन्य विभिन्न सामाजिक संस्थाले जेसीजबाट एक व्यक्ति, एक वर्ष, एक कार्यकालको नीति र विधिको शासनलाई आत्मसाथ गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा जेसीजका अध्यक्ष सल्लाहकार विदुर थापा, स्थानीय नवज्योति प्राविका शिक्षक नविनकुमार रेग्मी, जेसीज सप्ताह सहमूल कार्यक्रम संयोजक मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी राजेन्द्र कुँवर, लामिटार मध्यवर्ती सामुदायिक उपभोक्ता समूहका कोषाध्यक्ष जयराम राई, सानाकिसान सहकारीका व्यवस्थापक सुरेन्द्र तितुङ लगायतको आतिथ्यता रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)