२ कार्तिक, मनहरी । जेसीआई चैनपुर प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा केदारेश्वर युवा क्लव रजैयालाई १–० गोलले हराउँदै प्रहरीले उपाधी जितेको हो ।
प्रहरीका लागि देवबहादुर सुनार नायक बने । उनले गरेको गोल नै खेलमा निर्णायक बन्यो । उनले दोस्रो हाफको अन्तिम १० मिनेट बाँकी रहँदा गोल गरेका हुन् । बिजेता प्रहरीले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने केदारेश्वरले २५ हजार ५२५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।
रजैयाले सिमपानी र प्रहरीले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । खेलमा प्रहरीका सुकबहादुर सार्की उत्कृष्ट गोलरक्षक, केदारेश्वरका उत्तम मोक्तान उत्कृष्ट डिफेन्डर, प्रहरीकै विशाल थिङ उत्कृष्ट मिडफिल्डर, एफसी सिमपानीका राहुल थापा मगर उत्कृष्ट फरवार्ड र प्रहरीका राजेन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनाल, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, मातृशाखा पर्साखैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल लगायतले पुरस्कार वितरण गरेका हुन् । असोज २३ गतेबाट सन्चालन भएको प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले प्रस्तावित शाखाले मकवानपुरको पश्चिमी क्षेत्रमा विभिन्न सामाजिक कार्य गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।
दशैं, तिहार, छठ लगायतको पर्वको शुभकामनासंगै फुटबल खेलको विकास र खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।
कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेत, पर्सा खैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल, रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ता, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी सभापति गोविन्द सापकोटा, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)