५ कार्तिक, काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा पाँचखाल नगरपालिका-९ स्थित पलान्चोक भगवतीको पूजा गरेका छन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलसहितले भगवतीको पूजा गरेकी छिन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आएका थिए ।
बडा दशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाआजा गर्ने परम्परा रहिआएको छ । काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिर हो ।
वि. सं ४२५ मा राजा मानदेवको पालामा बनेको मन्दिर २०७२ सालको भूकम्पमा क्षति भएपछि २०७३ पुसमा पुरातत्व विभागमार्फत जीर्णोदार गरिएको थियो ।
नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोटमा रहेको शिला तिब्बततर्फ लाने क्रममा आफै पलाञ्चोमा आएर बसेको र भरियालाई राती सपनामा मेरो स्थान त्यही हो भनेपछि सो स्थानमा शिला स्थापना भएको किम्वदन्ती छ । पछि सोही शिलाका आधारमा मुर्तिको रुप दिएर मन्दिर स्थापना भएको थियो । अन्त बनाउन नसकोस् भनेर कलाकारको दाहिने हात काटिएको किम्वदन्ती रहेको छ । सोही कलाकारले शोभा, नाला र नक्साल भगवतीको मूर्ती बनाएका थिए । मन्दिर दर्शन गरे मनोकामना पुरा हुने, सुख शान्ति हुने धार्मिक विश्वास छ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















