६ कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जित यात्रा जारी राखेको हो।
युएईले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छँदै पराजित गरेको थियो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेका थिए। उनले १५ बलमा ४० रन बनाउँदा ६ चौका र १ छक्का प्रहार गरे। उनले २ सय ६६ को स्ट्राइकरेटमा स्कोर बनाउँदा नेपालको जित पक्का भएको थियो।
उनी बाहेक आसिफ शेखले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित पौडेलले ४७ रन बनाए। युएईका लागि मुहम्मद जवादुल्लाहले २ विकेट लिंदा अकिफ रजा र जाहुर खानले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। युएईका लागि वृत्या अर्विन्द र बसिल हमिदले सर्वाधिक ४५-४५ रनको इनिङ खेल्दा आसिफ खानले १८ रन बनाए। त्यस्तै खालिद शाहले १२ रन बनाउनु थप दोहोरो स्कोरको रुपमा रह्यो। सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।
डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। नेपालले अघिल्ला तीन खेलमा पनि सहज जित हासिल गरेको थियो। प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो।
तीनै टोली विश्वकप छनोटको तयारीमा रहेकाले आफ्नो प्रदर्शन सुधार्दै प्रतियोगितामा होमिंदै छन्। पहिलो खेलमा युएईले नेपालसँग १ सय ४० रन बनाएको थियो । उक्त लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो।
नेपालसँग पराजित भएपछि फाइनल पुग्ने अर्को टोलीक टुंगो हङकङ र युएईबिचको अन्तिम खेलले गर्ने भएको छ। अब युएईले फाइनल प्रवेशका लागि बुधबार हङकङलाई हराउनु पर्ने छ। हङकङसँग हारेको खण्डमा भने युएईको फाइनल खेल्ने समिकरण नेटनरेटमा निर्भर हुने छ। प्रतियोगिताको फाइनल १० कार्तिकमा टियू मैदानमा हुने छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







