Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालद्वारा युएई ५ विकेटले पराजित

20231023_161801-1698057245.jpg

६ कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जित यात्रा जारी राखेको हो।
युएईले दिएको १ सय ६५ रनको लक्ष्य  पछ्याएको नेपालले ४ बल बाँकी छँदै पराजित गरेको थियो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेका थिए। उनले १५ बलमा ४० रन बनाउँदा ६ चौका र १ छक्का प्रहार गरे। उनले २ सय ६६ को स्ट्राइकरेटमा स्कोर बनाउँदा नेपालको जित पक्का भएको थियो।
उनी बाहेक आसिफ शेखले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित पौडेलले ४७ रन बनाए। युएईका लागि मुहम्मद जवादुल्लाहले २ विकेट लिंदा अकिफ रजा र जाहुर खानले समान १-१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। युएईका लागि वृत्या अर्विन्द र बसिल हमिदले सर्वाधिक ४५-४५ रनको इनिङ खेल्दा आसिफ खानले १८ रन बनाए। त्यस्तै खालिद शाहले १२ रन बनाउनु थप दोहोरो स्कोरको रुपमा रह्यो। सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।
डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो। नेपालले अघिल्ला तीन खेलमा पनि सहज जित हासिल गरेको थियो। प्रतियोगिताको पहिलो खेला नेपालले युएईलाई ७ विकेटले पराजित गर्दा दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेट र अन्तिम खेलमा ७९ रनले हराएको थियो।
तीनै टोली विश्वकप छनोटको तयारीमा रहेकाले आफ्नो प्रदर्शन सुधार्दै प्रतियोगितामा होमिंदै छन्। पहिलो खेलमा युएईले नेपालसँग १ सय ४० रन बनाएको थियो । उक्त लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गरेको थियो।
नेपालसँग पराजित भएपछि फाइनल पुग्ने अर्को टोलीक टुंगो हङकङ र युएईबिचको अन्तिम खेलले गर्ने भएको छ। अब युएईले फाइनल प्रवेशका लागि बुधबार हङकङलाई हराउनु पर्ने छ। हङकङसँग हारेको खण्डमा भने युएईको फाइनल खेल्ने समिकरण नेटनरेटमा निर्भर हुने छ। प्रतियोगिताको फाइनल १० कार्तिकमा टियू मैदानमा हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार