७ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित दर्ता गराएको हो ।
बाबर आजम नेतृत्वको पाकिस्तानले २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
सुरुआतमा रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले शतकीय इनिङ्स खेल्दै अफगानिस्तानलाई शानदार सुरुआत दिलाएका थिए । जादरानले १ सय १३ लमा ८७ र गरबाजले ५३ बलमा ६५ रनको इनिङ्स खेलेका थिए । त्यसपछि रहमत साह र कप्तान हशमतुल्लाह शाहिदी मिलेर अफगास्तिानको मोर्चा सम्हालेका थिए ।
रहमत ८४ बलमा अविजित ७७ र साहिदी ४५ बलमा अविजित ४८ रन बनाए । पाकिस्तानका लागि कोही पनि बलरले अफगानिस्तानमाथि दबाब बनाउन सकेनन् । साहीन साह अफ्रिदी र हसन अलीले समान एक एक विकेट लिएका थिए ।
एक दिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो । अहिलेसम्म भएका ८ खेलमा पाकिस्तानले ८ म्याच जितेको थिया ।
बाबर आजम फर्ममा फर्कदा ९२ बलमा ७४ रन बनाएका थिए । यस्तै अब्दुल्ला सफिकले ५८ रन बनाएका थिए । अन्तिममा सादाब खानले ४० तथा इफ्तिखार अहमदले ४० रनको इनिङ्स खेलेका थिए । अफगानिस्तानका लागि १८ वर्षका स्पिनर नुर अहमदले सबैभन्दा धेरै ३ विकेट लिएका थिए । नविल उल हकले २ तथा मोहमद नबी र अजमतुल्लाह उमरजईले समान एक एक विकेट हात पारेका थिए ।
पाकिस्तानले यस विश्वकपका खेलेको ४ खेलमा दुईमा जित र दुईमा बराबरीको नतिजा निकालेको छ । बाबर आजम नेतृत्वको टिमले पछिल्लो दुई खेलमा हार ब्यहोरेको छ । सेमिफाइनलमा स्थान बनाउन उसले बाँकी ५ खेलमध्य कम्तिमा ४ खेलमा जित हासिल गर्न आवश्यक छ ।।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







