Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईको कब्जामा

20231027_181118-1698409706.jpg

१० कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईले जितेको छ। रोमाञ्चक फाइनलमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो। जवाफमा युएईले उक्त लक्ष्य १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गरेको थियो। लिगचरणमा नेपालसँग २ खेलमा पराजित भएपनि युएईले फाइनलमा बदला लिंदै ४ विकेटको जित हासिल गर्‍यो।
युएईका लागि कप्तान महुमम्द वासिमले ४५ रन बनाउँदा अर्यान्स शर्माले २५ रन बनाए। त्यस्तै वृत्या अर्विन्दले २६ रन बनाउँदा अलिशान सरफुले १३ रन बनाएका थिए। त्यस्तै बसिल हमिद २२ रनमा अविजित रहे। हमिदले अन्तिम बल बाँकी हुँदा करण केसीलाई छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाए। त्यसअघि अली नसिर ११ रनमा आउट भएका थिए। नेपालका लागि गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिए।

टियू मैदानमा पहिले ब्याटिङ गरेको नेपालले युएईलाई उपाधि जित्नका लागि १ सय ६३ रनको लक्ष्य दिएको थियो।  निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेल ५० रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कप्तान रोहित पौडेलले १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २० रन बनाए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा सुन्दीप जोराले १० तथा सोमपाल कामीले १३ रन बनाए। करण केसी २३ रनमा अविजित रहे।

युएईका लागि युवा खेलाडी आयान अफ्जाल खानले ३ विकेट लिंदा अली नसिर र जहुर खानले समान २-२ विकेट लिएका थिए। जुनाइद सिद्दीकीको नाममा १ विकेट लिएका थिए।

नेपालले लिग चरणमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। युएईले भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार