Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित

pakistan-vs-south-africa-1698452871.jpg

११ कार्तिक, काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १ विकेटले पराजित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६ बल अगावै ९ विकेटको क्षतिमा पछ्यायो ।
निकै दबाबबिच केशव महाराज र ताब्रियास शाम्सीले आफ्नो विकेट जोगाउँदै दक्षिण अफ्रिकालाई जीतसम्म डोर्‍याएका हुन् । टोलीका लागि एइडेन मारक्रमले सर्वाधिक ९१ रन रन बनाए । उनले ९३ बल खेल्दै ७ चौका र ३ छक्का हिर्काए । त्यस्तै, डेभिड मिलरले २९ रन तथा कप्तान तेम्बा बाभुमाले २८ रनको योगदान दिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा ह्यारिस राउफ, मोहम्मद वसिम र उस्मा मिरले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेले । कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का हिर्काउँदै ५० रन बनाएर तब्रायाज शाम्सीको बलमा आउट भए । शकिलले ५२ बलमा ५२ रन बनाए । उनले ७ चौका हिर्काए ।
पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् । शादाब खानले ४३ रन तथा मोहम्मद रिजवानले ३१ रन बनाउँदा मोहम्मद नवाजले २४ रनको योगदान दिए । उस्मा मिरले भने ब्याटिङ नै गरेनन् । दक्षिण अफ्रिकाका लागि शाम्सीले ४ विकेट लिए भने मार्को यानसेनले ३ तथा जेराल्ड कोटजीले २ विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार