१३ कार्तिक, काठमाडौं । आयोजक भारतले साबिक विजेता इंग्ल्याण्डलाई हराउँदै एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई १ सय रनले हराएको हो ।
भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ३४.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाउन सक्यो ।
इंग्ल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाए । त्यस्तै डेविड मलान र डेविड विलीले १६-१६, मोइन अलीले १५ तथा जोनी बेयरस्टोले १४ रनको योगदान दिए । भारतका लागि मोहम्मद शामीले ४, जसप्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बलको पालीमा १० चौका र ३ छक्का हिर्काए ।
भारतको सुरुवात भने राम्रो हुन सकेन । ४० रन बनाउँद भारतले शुभमन गिल, विराट कोहली र श्रेयस ऐयरलाई गुमाएको थियो । त्यसपछि रोहितले केएल राहुलसँग मिलेर भारतको पाली सम्हालेका थिए । केएल राहुलले ३९ रन बनाए ।
त्यस्तै, सूर्यकुमार यादवले ४९ तथा जसप्रित बुमराहले १८ रन बनाउँदै भारतलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । इंग्ल्याण्डका लागि डेभिड विलीले ३ तथा क्रिस वोक्स तथा आदिल रसिदले २-२ विकेट लिए ।
जीतसँगै भारत ६ खेलबाट अधिकतम १२ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा भारत एक मात्र अपराजित टोली हो । इंग्ल्याण्ड भने ६ खेलबाट मात्र २ अंक बटुल्दै अंक तालिकाको पुछारतिर छ ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
