Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह बुधबारबाट

Capture-1698748987.JPG

१४ कार्तिक,हेटौंडा। हेटौंडा लेडी जेसिजले भोली बुधबारबाट जेसिज सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो  ।
जेसिज सप्ताह कार्यक्रम अन्तर्गत भोलि बुधबार १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रको आयोजना गर्न लागिएको लेडि जेसिज अध्यक्ष डिलमाया घर्ती ‘दिलु’ले बताइन् ।
कार्यक्रमको पहिलो दिने भोली असोज १५ गते बुधबार रक्तदान र खुल्ला वत्तृmत्वकला कार्यक्रम रहेको अध्यक्ष दिलुले जानकार दिइन्् । उनको अनुसार पहिलो कार्यक्रम अन्तर्गत हेटौंडा– १ मा रक्तदान र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्व. बुद्धरत्न शाक्य स्मृती खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम हुनेछ । वक्तृत्व कला प्रतियोगिताका प्रथमले ५ हजार, द्वितिय हुनेले ३ हजार र तृतिय हुनेले २ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तै १६ गते बिहीबार हेटौंडा–१ चौकिटोलमा रहेको ॐ वृद्धआश्रममा खाद्यन्न वितरण र हेटौंडा– ४ मा रहेको भुङग्रो थकालीमा बैठक संचालन प्रणाली सम्बन्धि तालिमको आयोजना गरिने अध्यक्ष दिलुले बताईन् ।
यसैगरी १७ गते हेटौंडा–४ स्थित सितल महल चोकमा स्लो स्कुटी रेस प्रतियोगिता हुने छ भने मनहरी गाउँपालिका चकरीमा रहेको श्री प्रा.वि. चकरीमा अध्यय्न गर्ने विद्यार्थीहरुलाई स्व. बाशु प्रसाद पौडेल शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ ।
जेसिज सप्ताह कार्यक्रमको अन्तिम दिन कार्तिक १८ गते बिहान हेटौंडा–५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइ सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ भने सोहि दिन सप्ताह व्यापि कार्यक्रमको समापन गरिने मुल कार्यक्रम संयोजक अस्मिता न्यौपानेले जानकारी दिइन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार