१६ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४ वर्षपछि पराजित गरेको छ। १९९९ को विश्वकपपछि एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो।
बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। विश्वकपमा न्युजिल्यान्डको यो दोस्रो फराकिलो अन्तरको हार हो। यसअघि २००७ मा अस्ट्रेलियासँग २ सय १५ रनले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले न्युजिल्यान्ड समक्ष जितका लागि ३ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा न्युजिल्यान्ड ३५.३ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटिएपछि न्युजिल्यान्डले फराकिलो जित हासिल गरेको हो।
किवी टिमलाई हराएसँगै दक्षिण अफ्रिकाले सातौं खेलमा छैटौं जित निकाल्दै सेमिफाइनल लगभग पक्का गरेको छ। जारी विश्वकपमा भारत अपराजित रहँदा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग मात्र हारेको छ। दक्षिण अफ्रिकाले प्रतियोगितामा पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया र श्रीलंकालाई हराएको छ।
महाराष्ट्र क्रिकेट एसोसिएसन (एमसीए) स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले उच्च स्कोरमा दुई खेलाडीले शतक बनाउँदा एक खेलाडीले अर्धशतकीय इनिङ खेले। दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनायो।
उसका लागि ओपनर क्विन्टन डिककले जारी विश्वकपमा चौंथो शतक प्रहार गरे। उनी १ सय १४ रनमा आउट हुँदा रसि भान डेर डुसानले १ सय ३३ रन बनाए। उनीहरुले दोस्रो विकेटका लागि २ सय रनको साझेदारी गरेका थिए।
दक्षिण अफ्रिकाले लगातार ८ औं खेलमा पहिले ब्याटिङ गर्दै ३ सय ५० प्लसको स्कोर बनाएको हो। ओपनर तथा कप्तान टेम्बा बभुमा २४ रनमा आउट भएपनि दक्षिण अफ्रिकाका लागि डिकक र डुसानले सानदार इनिङ खेले।
त्यस्तै डेभिड मिलरले ३० बलमा ५३ रनको अर्धशतकीय इनिङ खेल्दा हेनरिच क्लासेनले ७ बलमा १५ रन तथा एइडेन माक्रमले १ बलमा छक्का प्रहार गर्दै इनिङको अन्त गरे। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले १ रन बनाउँदा टिम साउदीले २ विकेट लिएका थिए। त्यस्तै जेम्स निसमले १ विकेट लिए।
जवाफमा न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ६० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक विल योङले ३३ तथा ड्यारीयल मिचेलले २४ रन बनाउनु थप दोहोरो रनको स्कोरका रुपमा रह्यो।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका केशब महराजाले ४ विकेट लिंदा मार्को जनसेनले ३ तथा कागिसो रबडाले १ विकेट लिंदा जेराल्ड कोट्जेको नाममा २ विकेट रह्यो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







