Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित

1698822432-6228-1698888825.jpg

१६ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४ वर्षपछि पराजित गरेको छ। १९९९ को विश्वकपपछि एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो।
बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। विश्वकपमा न्युजिल्यान्डको यो दोस्रो फराकिलो अन्तरको हार हो। यसअघि २००७ मा अस्ट्रेलियासँग २ सय १५ रनले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले न्युजिल्यान्ड समक्ष जितका लागि ३ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा न्युजिल्यान्ड  ३५.३ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटिएपछि न्युजिल्यान्डले फराकिलो जित हासिल गरेको हो।
किवी टिमलाई हराएसँगै दक्षिण अफ्रिकाले सातौं खेलमा छैटौं जित निकाल्दै सेमिफाइनल लगभग पक्का गरेको छ। जारी विश्वकपमा भारत अपराजित रहँदा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग मात्र हारेको छ। दक्षिण अफ्रिकाले प्रतियोगितामा पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, अस्ट्रेलिया र श्रीलंकालाई हराएको छ।
महाराष्ट्र क्रिकेट एसोसिएसन (एमसीए)  स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले उच्च स्कोरमा दुई खेलाडीले शतक बनाउँदा एक खेलाडीले अर्धशतकीय इनिङ खेले। दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ५७ रन बनायो।
उसका लागि ओपनर क्विन्टन डिककले जारी विश्वकपमा चौंथो शतक प्रहार गरे। उनी १ सय १४ रनमा आउट हुँदा रसि भान डेर डुसानले १ सय ३३ रन बनाए। उनीहरुले दोस्रो विकेटका लागि २ सय रनको साझेदारी गरेका थिए।
दक्षिण अफ्रिकाले लगातार ८ औं खेलमा पहिले ब्याटिङ गर्दै ३ सय ५० प्लसको स्कोर बनाएको हो। ओपनर तथा कप्तान टेम्बा बभुमा २४ रनमा आउट भएपनि दक्षिण अफ्रिकाका लागि डिकक र डुसानले सानदार इनिङ खेले।
त्यस्तै डेभिड मिलरले ३० बलमा ५३ रनको अर्धशतकीय इनिङ खेल्दा हेनरिच क्लासेनले ७ बलमा १५ रन तथा एइडेन माक्रमले १ बलमा छक्का प्रहार गर्दै इनिङको अन्त गरे। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले १ रन बनाउँदा टिम साउदीले २ विकेट लिएका थिए। त्यस्तै जेम्स निसमले १ विकेट लिए।
जवाफमा न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ६० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक विल योङले ३३ तथा ड्यारीयल मिचेलले २४ रन बनाउनु थप दोहोरो रनको स्कोरका रुपमा रह्यो।
न्युजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका केशब महराजाले ४ विकेट लिंदा मार्को जनसेनले ३ तथा कागिसो रबडाले १ विकेट लिंदा जेराल्ड कोट्जेको नाममा २ विकेट रह्यो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार