Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडीको जेसीज सप्ताह सुरु

Capture-1698890284.JPG

१६ कार्तिक, हेटौंडा । हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह बुधबारबाट सुरु भएको छ । जेसीज सप्ताहको पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । हेटौंडा–१ मा रक्तदान कार्यक्रमका बीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । 
कार्यक्रम संयोजक सलोनी बटाजुको संयोजकत्व एवम् लेडी जेसीजका अध्यक्ष डिलमाया घर्ती दिलुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सुमित्रा काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । 
यस्तै दोस्रो कार्यक्रम अन्तर्गत हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्व. बुद्धरत्न शाक्य स्मृति खुला वक्तृत्वकला प्रतियोगिता भएको छ । कार्यक्रम संयोजक पवित्रा गुरुङको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । 
जेसीज सप्ताह अन्तर्गत बिहीबार हेटौंडा १ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा खाद्यान्न वितरण, दिउँसो बैठक सञ्चालन प्रणाली तालिम हुनेछ । १७ गते हेटौंडा–४ स्थित शितल महल चोकमा स्लो स्कुटी रेस र मनहरी १ चकरीको विद्यालयमा स्व. बासुप्रसाद पौडेल शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ । 
१८ गते बिहान हेटौंडा ५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइसँगै सामाग्री हस्तान्तरण तथा दिउँसो जेसीज सप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिइन् । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक अस्मिता न्यौपाने र सह–मूल कार्यक्रम संयोजक नम्रता श्रेष्ठ रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार