१७ कार्तिक, हेटौंडा । स्वतन्त्र युवा समाज हेटौंडा ९ को आयोजनामा यही कात्तिक २० गतेबाट हेटौंडा सांस्कृतिक मनोरञ्जन कार्यक्रम हुने भएको छ । हनुमानगेटमा रहेको औद्योगिक क्षेत्रको फुटबल चौरमा हुने सांस्कृतिक कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
चाडपर्वको समयमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतीसहित मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको व्यवस्थापक अजित राईले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा प्रत्येक दिन फरक फरक राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।
तृष्णा गुरुङको ब्याण्ड, जिबब, धिरज राई, ज्योति मगर, पनाम ब्यान्ड, प्रिती आलेको सांगीतिक प्रस्तुतीसँगै रमेश प्रसाइँ र कल्पना दाहालको दोहोरी ब्याटल समेत रहनेछ । एक्सिस ब्यान्डसँग समेत कुरा भैरहेको राईले जानकारी दिए ।
‘विशुद्ध मनोरञ्जनका लागि हामीले कार्यक्रमको आयोजना गर्न लागेका हौं । प्रत्येक दिन फरक फरक कलाकारको विशेष प्रस्तुती रहनेछ’, राईले भने, ‘हामीले ल्याउन लागेको प्रायः कलाकारले हेटौंडामा पहिलो पटक प्रस्तुती दिन लागेका छन् ।’
कार्यक्रम स्थलमा खानाको स्टलसँगै बाल उद्दान पनि रहने कार्यक्रम संयोजक किरण लामाले जानकारी दिए । कार्यक्रमका लागि करिब २४ लाख रुपैयाँ खर्च हुने र ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताइएको छ ।
चौरमा करिब ८ हजार दर्शक अट्ने स्वतन्त्र युवा समाजका अध्यक्ष सुशील मल्ले बताए । उनका अनुसार कार्यक्रममा १० वर्ष भन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था रहनेछ ।
कार्यक्रमको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य बीरेन्द्र लामा लगायतको उपस्थिती थियो ।
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

















