१७ कार्तिक, हेटौंडा । स्वतन्त्र युवा समाज हेटौंडा ९ को आयोजनामा यही कात्तिक २० गतेबाट हेटौंडा सांस्कृतिक मनोरञ्जन कार्यक्रम हुने भएको छ । हनुमानगेटमा रहेको औद्योगिक क्षेत्रको फुटबल चौरमा हुने सांस्कृतिक कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
चाडपर्वको समयमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतीसहित मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको व्यवस्थापक अजित राईले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा प्रत्येक दिन फरक फरक राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।
तृष्णा गुरुङको ब्याण्ड, जिबब, धिरज राई, ज्योति मगर, पनाम ब्यान्ड, प्रिती आलेको सांगीतिक प्रस्तुतीसँगै रमेश प्रसाइँ र कल्पना दाहालको दोहोरी ब्याटल समेत रहनेछ । एक्सिस ब्यान्डसँग समेत कुरा भैरहेको राईले जानकारी दिए ।
‘विशुद्ध मनोरञ्जनका लागि हामीले कार्यक्रमको आयोजना गर्न लागेका हौं । प्रत्येक दिन फरक फरक कलाकारको विशेष प्रस्तुती रहनेछ’, राईले भने, ‘हामीले ल्याउन लागेको प्रायः कलाकारले हेटौंडामा पहिलो पटक प्रस्तुती दिन लागेका छन् ।’
कार्यक्रम स्थलमा खानाको स्टलसँगै बाल उद्दान पनि रहने कार्यक्रम संयोजक किरण लामाले जानकारी दिए । कार्यक्रमका लागि करिब २४ लाख रुपैयाँ खर्च हुने र ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताइएको छ ।
चौरमा करिब ८ हजार दर्शक अट्ने स्वतन्त्र युवा समाजका अध्यक्ष सुशील मल्ले बताए । उनका अनुसार कार्यक्रममा १० वर्ष भन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था रहनेछ ।
कार्यक्रमको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य बीरेन्द्र लामा लगायतको उपस्थिती थियो ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















