१७ कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रममा आफै सँलग्न रहेर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी छन् ।
हेटौंडा–११ नवलपुरको त्रिभूवन माध्यमिक बिद्यालय खोप केन्द्रमा पुगेर नगर प्रमुख लामाले स्थानिय बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएकी हुन् ।
हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा मार्फत सञ्चालमा रहेको खोप केन्द्रमा पुगेकी लामाले ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाएकी थिइन् ।
उपमहानगर क्षेत्रका ९२ वटा केन्द्र मार्फत शुक्रबार र शनिबार दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने छ ।
खोप केन्द्रहरुमा नगरक्षेत्रमा महिला स्वयमसेविका र आमासमुहमा प्रतिनिधी संलग्न भएर कार्यक्रम सञ्चालन गरेको उपमहानर स्वास्थ्य शाखाका सिनियर अहेब केशव तिमल्सिनाले बताए । उनका अनुसार उपमहानगरको १९ वडामा रहेका १२ हजार वालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने उनले बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा ४ सय ७१ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुले १ सय १० स्वास्थ्य संस्थाको नेतृत्वमा भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् ।
मकवानपुरमा भिटामिन ए खाने ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरु ३५ हजार ५ सयको हाराहारीमा छ भने जुकाको औषधी खाने १ वर्षदेखि ५ वर्ष उमेरका बालबालिकाहरुको संख्या ३० हजार ८ सय ६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
उनका अनुसार घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिकामा ९२, मनहरीमा २१, राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ रजना स्वयम्सेविका परिचालन भएका छन् ।
सरकारले भिटामिन ए खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते तोकेपनि यस वर्ष दसैंका कारण भिटामिन ए कार्यक्रम कात्तिक १७ र १८ गते सरेको हो ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















