१९ कार्तिक, काठमाडौं । निर्धारित २० ओभरको खेल सुपर ओभरमा पुगे पनि नेपाल जित निकाल्न असफल भएको छ । टी-२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको रोमाञ्चक फाइनलमा नेपालल सुपर ओभरमामा पराजित भयो।
सुपरओभरमा पहिले ब्याटिङ गर्दै ओमानले २२ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १० रन मात्र बनाउन सफल भएको थियो। अभिनाश बोहराको बलिङमा ब्याटिङका लागि आएका नसिम खुसीले सर्वाधिक ३ छक्का प्रहार गरेका थिए।
जवाफमा बिलाल खानको बलिङमा नेपालका कुशल भर्तेल र गुल्सन झा ब्याटिङका लागि आएका थिए। जहाँ कुशल पहिलो बलमा क्याचआउट भए। तर क्रिजमा रहेका कुशल मल्ल र गुल्सन झाले लक्ष्य पूरा गर्न असफल भए।
त्यसअघि अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा सन्दीप लामिछानेले २ विकेट लिँदै ७ रनमात्र दिएपछि खेल सुपर ओभरमा धकेलिएको छ। त्यसअघि नेपालले पहिले ब्याटिङ गर्दै जितक लागि १ सय ८५ रनको लक्ष्य दिएको थियो।
जवाफमा ओमानले अन्तिम बलमा ९ विकेट गुमाएर १ सय ८४ रननै बनाएपछि खेल रोमाञ्चक रुपमा सुपर ओभरमा धकेलिएको हो।
त्यसअघि ओमानका लागि काश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाएका थिए। त्यस्तै, अकिब इलियसले ३३ रन बनाउँदा कप्तान जेसद मक्सुदले २६ रन बनाएका थिए। नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी र अभिनास बोहराले १–१ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ तथा गुल्सन झाले ५४ रनको अर्धशतकीय इनिङ खेल्दै नेपालको उच्च स्कोर तयार गरेका थिए।
दुबै टिम यसअघि नै वेस्टइन्डिज र अमेरिकामा आगामी वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भइसकेका छन्।
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


-1789608059.jpg)















