२२ कार्तिक, काठमाडौं । दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा नगद पुरस्कार प्रदान गरेका हुन् ।
आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, यूएई र पपुवा न्युगिनीबीच काठमाडौंमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी चारै खेलमा जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडी रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, प्रतिस जिसी, मोहम्मद आसिफ शेख, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र कुशल मल्ललाई जनही २ लाख प्रदान गरियो । मुख्य प्रशिक्षक मोन्टी देसाइलाई १ लाख ५० हजार तथा सहायक प्रशिक्षक वसन्त शाही, टिम व्यवस्थापक शम्भुप्रसाद शर्मा र फिजियो विक्रम न्यौपानेलाई १-१ लाख प्रदान गरियो ।
बैशाख ५ देखि १८ सम्म भएको नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेटको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाखबाट पुरस्कृत गरियो । मुख्य प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई जनही २ लाख पुरस्कार प्रदान गरियो । प्रिमियर कपमा सहभागिता जनाएको टोली र लिग २ को टोलीमा टिम व्यवस्थापक मात्र फरक हुन् । प्रिमियर कपको व्यवस्थापकमा रुपक रन्जित थिए । (इकान्तिपुरबाट)
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
