२२ कार्तिक, काठमाडौं । दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पूर्वघोषित नगद पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र खेलकुद मन्त्रालयका सचिव रविलाल पन्तले टोलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा नगद पुरस्कार प्रदान गरेका हुन् ।
आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत फागुन २५ देखि चैत २ गतेसम्म नेपाल, यूएई र पपुवा न्युगिनीबीच काठमाडौंमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी चारै खेलमा जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडी रोहित पौडेल, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, प्रतिस जिसी, मोहम्मद आसिफ शेख, करण केसी, सन्दिप लामिछाने, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र कुशल मल्ललाई जनही २ लाख प्रदान गरियो । मुख्य प्रशिक्षक मोन्टी देसाइलाई १ लाख ५० हजार तथा सहायक प्रशिक्षक वसन्त शाही, टिम व्यवस्थापक शम्भुप्रसाद शर्मा र फिजियो विक्रम न्यौपानेलाई १-१ लाख प्रदान गरियो ।
बैशाख ५ देखि १८ सम्म भएको नेपालसहित १० राष्ट्र सम्मिलित एसीसी पुरुष प्रिमियर कप क्रिकेटको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाखबाट पुरस्कृत गरियो । मुख्य प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई जनही २ लाख पुरस्कार प्रदान गरियो । प्रिमियर कपमा सहभागिता जनाएको टोली र लिग २ को टोलीमा टिम व्यवस्थापक मात्र फरक हुन् । प्रिमियर कपको व्यवस्थापकमा रुपक रन्जित थिए । (इकान्तिपुरबाट)
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







