२५ कार्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित कार्यालय भवनको बिहीबार उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित कार्यालयको उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड सन्स हेटौंडाले ७९ लाख ११ हजार ८३६ रुपैयाँ ६८ पैसा मा साढे २ तले भवन निर्माण कार्य सम्पन्न गरेको हो ।
स्थानीय दुवमाया कालाखेतीले आफ्नो स्वर्गीय श्रीमानको स्मृतिमा उपलब्ध गराएको एक कट्ठा १२ धुर जग्गामा वडा कार्यालय भवन निर्माण भएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । भवन निर्माणका लागि २०७६ माघ १ गते बोलपत्र आव्हान भएको थियो । एक करोड ३३ लाख ९० हजार रुपैयाँको स्टिमेट गरिएकोमा ८८ लाख ८५ हजार ६६ रुपैयाँ ८० पैसामा ठेक्का लागेको थियो ।
नवनिर्मित भवनको ६ वटा अफिस कोठासहित एउटा हल, गेष्ट रुम, किचन र शौचालय रहेको छ । वडा अध्यक्ष श्रेष्ठले नयाँ कार्यालय भवनबाट थप गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बानियाँले व्यवस्थालाई कमजोर बनाउनेहरु सक्रिय हुन थालेको भन्दै अब जनताको अवस्था परिवर्तन हुन नदिनेहरु चिन्न जरुरी रहेको धारणा राखे । जनप्रतिनिधिहरुलाई उनले सेवामुखी काम गर्न सुझाव दिए ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अब मनहरी गाउँपालिकाको एउटा मात्रै वडाको भवन निर्माण हुन बाँकी रहेको जानकारी दिँदै मनहरी ४ को पनि तिहार पछि ठेक्का लाग्ने बताए । उनले जनप्रतिनिधिलाई सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका तयार रहेको बताए । मनहरी गाउँपालिकाले गरेको काम जनताले महसुस गर्न थालेका दावी गर्दै अध्यक्ष कालाखेतीले निःशुल्क स्वास्थ बीमा र छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताए ।
कार्यक्रममा जग्गादाता कालाखेतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मनहरी ८ नम्बर वडा अध्यक्ष नारायण उप्रेती, ९ नम्बरका निवर्तमान वडा अध्यक्ष साधुराम अधिकारी, वडा सदस्य गुप्तबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















