४ मंसिर, काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले उचालेको छ। आइतबार भएको फाइनलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया छैटौं पटक विश्व विजेता बनेको हो। विश्वकपमा अस्ट्रेलियाले फाइनलमा दोस्रो पटक भारतलाई हराएको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
जारी विश्वकपमा भारतले लगातार १० खेल जित्दै फाइनल पुगेको थियो। तर उसका लागि एक खेलको हार उपाधिबाट बञ्चित गराउन पर्याप्त बन्यो। अस्ट्रेलियाले भने विश्वकपको लिग चरणमा सुरुवाती दुई खेल हारेपनि त्यसपछि पुनरागमन गर्दै लगातार जित सहित उपाधि चुम्यो।
फाइनलमा अस्ट्रेलियाले जित निकाल्ने क्रममा अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सानदार शतकीय इनिङ खेले। उनले सर्वाधिक १ सय ३७ रनको इनिङ खेले। त्यस्तै मार्नुस लबुसेनले ५८ रनको अविजित इनिङ खेले। यि दुईबिच चौंथो विकेटका लागि १ सय ९२ रनको साझेदारी गरेका थिए। खराब सुरुवात गरेको अस्ट्रेलियाले ६.६ ओभरमा ४७ रन बनाउँदा तीन विकेट गुमाएको थियो। तर त्यसपछि हेड र लाबुसेनले सुझवुझपूर्ण इनिङ खेल्दा जित हात पार्न सफल भयो।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो। अस्ट्रेलियन बलरसामु खुलेर खेल्न नसकेको भारतका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। भारत विरुद्ध अस्ट्रेलियाले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दा ब्याटिङमा पनि सानदार प्रदर्शन कायम राख्दा सहज जित निकाल्यो।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्। उसका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। १०७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। त्यस्तै विराट कोहलीले ४ चौकाको सहयोगमा ६३ बल खेल्दै ५४ रन बनाएका थिए।
त्यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई टिमको स्कोर ३० रन हुँदा ४.२ ओभरमा ४ रनमा गुमाएको थियो। दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४ ओभरमा टिमको स्कोर ७६ रन हुँदा ४७ रनमा गुमायो। त्यसपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भएका थिए।
कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि टिमले उच्च स्कोर बनाउन संघर्ष गर्नु परेको थियो। कोहली ५४ रन बनाउँदा कप्तान प्याट कमिन्स द्वारा बोल्ड भए।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिंदा प्याट कमिन्स र जोस ह्याजलवुडले समान २-२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र एडम जम्पाले समान १-१ विकेट लिए । दुवै टोली एक अर्का विरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिडेका हुन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो ।
यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
