Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

२०१७ मा चर्चित बलिउडका अभिनेत्रीहरु

actress-1514806503.jpg

कंगना रनोट
अभिनेत्री कंगना रनोट यस वर्ष पनि विवाद र चर्चाको केन्द्रमा रहिन्। कंगना र उनका कथित ‘ब्वाई फ्रेन्ड’ ऋतिक रोशनबीचको विवादले बलिउड तताइरह्यो। एउटा न्युज च्यानललाई अन्तर्वार्ता दिँदा उनले ऋतिक र आदित्य पञ्चोलीसँग आफ्नो सम्बन्धबारे खुलेर बोलेकी थिइन्। यसपछि विवाद बढेर एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने क्रम सुरु भयो। अर्को न्युज च्यानललाई अन्तर्वार्ता दिँदै ऋतिकले आफ्नो र कंगनाको प्रेम सम्बन्ध नरहेको बताएका थिए।

दीपिका पादुकोण
फिल्म ‘पद्मावती’ मा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका पादुकोण पनि यस वर्ष विवादमा फँसिन्। डिसेम्बर १ मा रिलिज हुने भनिएको फिल्म करणी सेनासहित विभिन्न संगठनका विरोधका कारण रिलिज भएन। यी संगठनले दीपिकामाथि आरोप लगाए– उनले इतिहास नबुझीकन फिल्म साइन गरिन्। दीपिकालाई नाक काट्नेसमेत धम्की दिइएको थियो।

अनुष्का शर्मा
वर्षको अन्तिमतिर अभिनेत्री अनुष्का शर्मा चर्चामा रहिन्। चार वर्षसम्म भारतीय क्रिकेर विराट कोहलीसँगको प्रेम सम्बन्धपछि उनले डिसेम्बर ११ मा बिहे गरिन्। इटलीमा बिहे गरेको यो जोडीले रोममा हनिमुन मनायो। प्रशंसकमाझ ‘विरुष्का’ का नामले चिनिने यस जोडीले २१ डिसेम्बरमा दिल्लीमा बिहेको रिसेप्सन राखेको थियो। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आएका थिए। यो कुराले पनि उनीहरूको बिहेलाई थप चर्चा दिलायो। यसबाहेक बिहे तथा रिसेप्सनमा लगाएका पहिरन र गहनाका कारण पनि अनुष्का चर्चामा रहिन्। उनीहरूको बिहेमा करिब ढेड अर्ब रुपैयाँ खर्च भएको बताइएको छ।

माहिरा खान
फिल्म ‘रइस’ मा अभिनय गरेकी पाकिस्तानी अभिनेत्री माहिरा खान पनि यस वर्ष चर्चामा रहिन्। तर, आतंककारी हमला हुने हल्लाका कारण भारतभरि पाकिस्तानी कलाकारको विरोध भयो। जसको शिकार माहिरा पनि भइन्। उनका कारण फिल्मकै विरोध भयो। साथै, रणवीर कपुरसँग धूम्रपान गर्दै गरेको तस्बिरले पनि माहिरालाई विवादित बनायो।

सारा अली खान
सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले बलिउडमा ‘इन्ट्री’ गर्ने हल्ला लामो समयदेखि चलिआएको थियो। यस वर्ष यो हल्लाले बिराम पायो। सारा अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ मा देखिनेछिन्।

जाह्नवी कपुर
श्रीदेवी र बोनी कपुरकी छोरी जाह्नवी कपुरको अभिनय यात्रा पनि यस वर्षबाट सुरु भयो। मराठी ब्लकबस्टर फिल्म ‘सैराट’ को रिमेक फिल्म ‘धडक’ मा उनी शाहिद कपुरका भाइ इशान खट्टरसँग पर्दामा देखिनेछिन्।

भूमि पेडनेकर
यस वर्षको हिट फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ की अभिनेत्री भूमि पेडनेकर पनि चर्चामा रहिन्। फिल्ममा अक्षय कुमारकी अभिनेत्रीका रूपमा देखिएकी उनी वजन घटाएका कारण चर्चामा रहिन्। पछिल्लो फिल्म ‘दम लगा के हइसा’ का लागि उनले आफ्नो वजन बढाएकी थिइन्। उनले आफ्नो वजन ९० किलो पुर्‍याएकी थिइन्। फिल्मपछि चार महिनामै उनले २१ किलो वजन घटाएकी थिइन्।

जायरा वसिम
फिल्म ‘दंगल’ बाट अभिनय यात्रा थालेकी जायरा वसिम पनि यस वर्ष चर्चामा रहिन्। उनको दोस्रो फिल्म ‘सिक्रेट सुपरस्टार’ यसै वर्ष रिलिज भयो। जसमा उनी मुख्य भूमिकामा थिइन्। यसबाहेक दिल्लीबाट मुम्बई जाँदा फ्लाइटमा एक सहयात्रीले आफूसँग छेडछाड गरेको आरोप उनले लगाएकी थिइन्। जबकि, आरोपीकी श्रीमतीले जायराले चर्चा पाउन यसो गरेको बताएकी थिइन्।

साभार : अन्नपूर्ण पोष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार