Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मकवानपुरगढी र त्रिखण्डीमा एकादशी मेला सम्पन्न

Gadi-1700742524.jpg

७ मङ्सिर, हेटौंडा । मकवानपुरमा हरिबोधिनी एकादशीको अवसरमा ठुलो मेला लागेको छ । मकवानपुरको मकवानपुरगढी २ मा रहेको ऐतिहासिक गढीदरबार परिसर र भीमफेदी १ त्रिखण्डेश्वर मन्दिर परिसरमा मेला लागेको हो । एकादशी मेलामा बिहीबार बिहानै देखी भक्तजनहरु र मेला हेर्न आउनेको घुईचो लागेको हो । मकवानपुरगढी दरवार परिसरमा रहेको वंशगोपाल मन्दिरमा व्रतालुहरुले पुजाआजा गर्नुका साथै मेलामा नाचगान गरेर मनाएका छन् । मेला भर्न आउने भक्तालुहरुको लागि आवश्यक सुरक्षा र व्यवस्थापन गरिएको  वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रिनले बताए । मेलालाई व्यवस्थित गर्न प्रहरी, वडा कार्यालय, टोल विकास समितिले आवश्यक समन्वय गरेको अध्यक्ष पाख्रीनले बताए । त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको त्रिखण्डेश्वर महादेवको मन्दिर परिसरमा पनि ठुलो मेला लागेको छ । त्रिभूवन राजपथमा अवस्थित उक्त मन्दिर मेलाले गर्दा सडकमा सवारी साधान आवातजावतमा कठिनाई भएको थियो । सुरक्षाकर्मी परिचालन गरी मेलालाई सुरक्षित र व्यवस्थित गरिएको मकवानपुर प्रहरीले जनाएको छ । त्रिखण्डीमा पनि बिहीबार विहानै देखी श्रद्धालुको भीड लागेको थियो ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार