९ मंसिर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ भने विभिन्न विद्याका १५ जना सम्मानित गरेको छ । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यता शनिबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानीमाया रुम्बाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालु आव. ०८०/०८१ को लागि ४७ लाख ५० हजारको अनुमानित आयब्यय विवरण, लेखा संयोजक श्याम कुमार श्रेष्ठले लेखा समितिको प्रथिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको अवसरमा विभिन्न विद्याका १५ जना ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो । ज्येष्ठ उपभोक्तामा थिर कुमारी बतौला र कपिलमुनि तिमल्सिना, वन प्राविधिकमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, सञ्चारकर्मीमा कान्तिपुर राष्ट्रिय दैनिकका सम्वाददाता प्रताप विष्ट, विपी गणेशमान स्मृति शान्तिपार्क निर्माणमा सहयोग गर्ने अर्जुन प्रसाद चौलागाई, साधुराम चौलागाई, बासुदेव सापकोटा, भरत सापकोटा र रुपेश दुलाललाई सम्मानित गरिएको थियो ।
यसैगरि साधारणसभामा धेरै उपभोक्ता उपस्थित गराउने केशव धिताल, सालक संरक्षणमा सहयोग गर्ने हिमालयन नेचर र प्रदिप ढुङगाना, २०७९ सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने शान्ति कुमारी शाह र रिजन घोरसाइृनी र उत्कृष्ट कर्मचारीमा समूहका कार्यालय सचिव भीमसेन पौडेललाई सम्मानित गरिएको थियो ।
साधारसणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, मुना विक., सरिता सापकोटा, सामुदायिक वन उपभेक्ता महासंघ, राष्ट्रिय कार्यसमिति सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, बंशगोपाल माविका प्राचार्य रमेश प्रसाद लामिछाने, सव डिभिजन वन कार्यालय, हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, समूहका सल्लाहकार कृष्ण बिडारी, हिमाल महिमला बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष जानकी दाहाल,कामधेनु सहकारीका अध्यक्ष उदय विडारी, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
२०५७ सालको सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफ यस समूहको क्षेत्रफल १ सय ३४ हेक्टर रहेको छ भने ८ सय ५० घरघुरी आवद्ध रहेका छन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















