Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेतासंग बकैयामा लालपुर्जा माग

2018-01-01-21-00-51-1-1514819863.png

१७ पुस, हेटौडा । बकैया गाउँपालिका वडा न.२ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा विजयसभमा उनीहरुले सो आग्रह गरेका हुन् । 
    क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि क्षेत्र नम्बर १ प्रदेश (क) का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि दाहालले आफूलाई लोकतन्त्रको हिमायती सम्झिने कांग्रेसले सत्ताको लोभ त्याग्न नसकेको बताए । सभालाई सम्बोधन गर्ने क्रममा पुलामीले चुनाव अघि घोषणा गरेका विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमालेका नेता बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्यहरु कमान सिं पाख्रिन, विवेक राई, लोकनाथ गौतम, जिल्ला सदस्य सन्तविर लो, एमालेका जिल्ला सदस्य कृष्ण प्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो । स्वागत कार्यक्रम सोही गाउँपालिकाको च्याउ–च्याउ, सोवी, हात्तीसुढे, हिरामनी लगायतका स्थानमा पनि सम्पन्न भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार