Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पालुङ जेसीजको तीन दिनमा सात कार्यक्रम

Capture-1701218912.JPG

१३ मङ्सिर, थाहा । थाहा नगरपालिकामा क्रियाशिल पालुङ जेसीजले नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ । मंसिर १५ देखि १७ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवं सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले जानकारी दिए ।
बिहीबार सम्पन्न पालुङ जेसीजको सातौं बोर्ड बैठकले बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको कोषाध्यक्ष माधव कार्कीले बताए । कोषाध्यक्ष कार्कीका अनुसार मंसिर १५ गते तीन कार्यक्रम हुनेछन् । 
१५ गते बिहान ७ बजे जेसीज हलमा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन कार्यक्रम अजित कार्कीको संयोजकत्वमा हुनेछ । बिहान १० बजे सेतीगणेश निमाबि थाहा ३ मा हरचिन्द्र कार्कीको संयोजकत्वमा भरत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम हुनेछ । बिहान ११ बजे रचना बस्नेतको संयोजकत्वमा थाहा ४ किटेनीमा रहेको किराँतेश्वर जेष्ठ नागरिक मिलन केन्द्रमा निशुल्क आँखा शिविर हुनेछ ।
यस्तै मंसिर १६ गते बिहान ७ बजे सुबिन्द्रमान प्रधानको संयोजकत्वमा जेसीज मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता ब्याडमिन्टन कभर्डहल थाहा ४ मा हुनेछ भने दिउँसो ४ बजे जेसीज सभाहल परिसरमा नारायण तामाङको संयोजकत्वमा जेसीज बगैचा निर्माण कार्यक्रम हुनेछ ।
सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर १७ गते बिहान ७ बजे जनकल्याण माबि थाहा ३ मा ‘जीवन परिवर्तन’ बिषयक सेमिनार बिराज थापाको संयोजकत्वमा हुनेछ भने दिउँसो १ बजे ‘डाडाघरे बा’ को होमस्टे थाहा २ मा समापन तथा पुरस्कार वितरण कार्यक्रम मान सिं दोङको संयोजकत्वमा हुनेछ ।
सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता बिकासका लागि पालुङ जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एवं नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार संगम कार्कीले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार