१७ पुस, हेटौंडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार बिहान महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रा त्रिवेणी धामबाट जल ल्याई पुन यज्ञस्थलमा आएर कलश स्थापना गरी महायज्ञ सुरु गरिएको हो ।
महायज्ञको हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत तथा पूर्व साँसद अनन्त पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । महायज्ञको उद्घाटन गर्दै नगर प्रमुख महतले सामाजिक सेवामा अग्रसर बनेको मामाघर नेपालको सहयोगार्थ महायज्ञ लगाईएकोमा खुशी व्यक्त गर्दै गरीब, अनाथ तथा दीनदुखीको सेवाको भावना राखेर समाजसेवामा समर्पित भएकाहरुलाई प्रेरित गर्ने समेत विश्वास व्यक्त गरे । उनले मामाघर नेपालको भवन निर्माणको लागि उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै पूर्व साँसद अनन्त पौडेलले संरक्षणको अभावमा सडक पेटीमा जीवन बिताईरहेका बालकहरुको संरक्षण गरी उनिहरुको शिक्षा, स्वास्थ लगाएतका आधारभूत आवश्यकता पूर्तिमा मामाघरले खेलेको भूमिका अतुलनिय रहेको बताउँदै महायज्ञमा सहयोग गर्न सबैमा आग्रह गरे । उक्त अवसरमा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले मामाघर नेपालको अबस्था तथा संरक्षित बालकहरुको बारेमा जानकारी गरएका थिए ।
श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक बिजय गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजन थापा, स्थानीय समाजसेवी नारायणप्रसाद अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
पुष २५ गतेसम्म चल्ने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले झाँकीसहीत भक्तीमय कथा वाचन गर्ने महायज्ञका व्यवस्थापक लबराज अधिकारीले जानकारी दिए ।
महायज्ञबाट करीब २० लाख रुपैंया संकलन हुने लक्ष्य आयोजकले लिएको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...




-1792715895.jpg)









-nepal-1792111426.jpg)


