Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मामाघर नेपालको सहयोगार्थ चिसापानीमा महायज्ञ सुरु

DSC_8835-1514824404.JPG

१७ पुस, हेटौंडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार बिहान महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रा त्रिवेणी धामबाट जल ल्याई पुन यज्ञस्थलमा आएर कलश स्थापना गरी महायज्ञ सुरु गरिएको हो ।
महायज्ञको हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत तथा पूर्व साँसद अनन्त पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । महायज्ञको उद्घाटन गर्दै नगर प्रमुख महतले सामाजिक सेवामा अग्रसर बनेको मामाघर नेपालको सहयोगार्थ महायज्ञ लगाईएकोमा खुशी व्यक्त गर्दै गरीब, अनाथ तथा दीनदुखीको सेवाको भावना राखेर समाजसेवामा समर्पित भएकाहरुलाई प्रेरित गर्ने समेत विश्वास व्यक्त गरे । उनले मामाघर नेपालको भवन निर्माणको लागि उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै पूर्व साँसद अनन्त पौडेलले संरक्षणको अभावमा सडक पेटीमा जीवन बिताईरहेका बालकहरुको संरक्षण गरी उनिहरुको शिक्षा, स्वास्थ लगाएतका आधारभूत आवश्यकता पूर्तिमा मामाघरले खेलेको भूमिका अतुलनिय रहेको बताउँदै महायज्ञमा सहयोग गर्न सबैमा आग्रह गरे । उक्त अवसरमा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले मामाघर नेपालको अबस्था तथा संरक्षित बालकहरुको बारेमा जानकारी गरएका थिए ।
श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक बिजय गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजन थापा, स्थानीय समाजसेवी नारायणप्रसाद अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
पुष २५ गतेसम्म चल्ने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले झाँकीसहीत भक्तीमय कथा वाचन गर्ने महायज्ञका व्यवस्थापक लबराज अधिकारीले जानकारी दिए ।
महायज्ञबाट करीब २० लाख रुपैंया संकलन हुने लक्ष्य आयोजकले लिएको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार