१४ मंसिर, हेटौडा । सामुदायिक वन समूहले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी दिने उद्धेश्यका साथ विहिवार हेटौडामा त्रैमासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा बैठक भएको बसेको हो । बैठकमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । बैठकमा काठ दाउरा संकलन, साधारणसभा, वन संरक्षण, सम्वर्धन, थिनिङ, चोरी निकासी नियन्त्रण, योजना तर्जुमा गोष्ठी, विधान कार्ययोजना नवीकरण लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
बैठकले सामुदायिक वन समूहले मंसिर मसान्त सम्ममा साधारणसभा गरिसक्ने, समयमै वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने, रानी, पिप्लेपोखरा,रातोमाटे, शिखरपानी लगायतका सामुदायिक वनमा थिनिङ कार्य गर्ने, चुरे क्षेत्रमा अत्यधिका मात्रमा गिटी, बालुवा, वनपैदावार लगायतका क्रियाकलाप बढ्दै गैरहेको हुँदा नियन्त्रणका लागि समिति गठन गर्ने, योजना तर्जुमा गोष्ठी पुस ६ गते गर्ने लगायतका निर्णयहरु गरेको फरेष्टर यदुकुमार घिमिरेले बताए । बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, विभिन्न सामुदायिक वनका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















