Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सव डिभिजन वन कार्यालय हेटौडाको समन्वयात्मक बैठक

baithak-1701355334.jpg

 

१४ मंसिर, हेटौडा । सामुदायिक वन समूहले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी दिने उद्धेश्यका साथ विहिवार हेटौडामा त्रैमासिक समन्वयात्मक बैठक सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा बैठक भएको बसेको हो ।  बैठकमा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । बैठकमा काठ दाउरा संकलन, साधारणसभा, वन संरक्षण, सम्वर्धन, थिनिङ, चोरी निकासी नियन्त्रण, योजना तर्जुमा गोष्ठी, विधान कार्ययोजना नवीकरण लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

बैठकले सामुदायिक वन समूहले मंसिर मसान्त सम्ममा साधारणसभा गरिसक्ने, समयमै वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने, रानी, पिप्लेपोखरा,रातोमाटे, शिखरपानी लगायतका सामुदायिक वनमा थिनिङ कार्य गर्ने, चुरे क्षेत्रमा अत्यधिका मात्रमा गिटी, बालुवा, वनपैदावार लगायतका क्रियाकलाप बढ्दै गैरहेको हुँदा नियन्त्रणका लागि समिति गठन गर्ने, योजना तर्जुमा गोष्ठी पुस ६ गते गर्ने लगायतका निर्णयहरु गरेको फरेष्टर यदुकुमार घिमिरेले बताए । बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, विभिन्न सामुदायिक वनका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार