Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नगरकप भलिबल प्रतियोगिताः महिलातर्फ ९ नम्बर फाइनलमा

पुरुष तर्फ सेमिफाइनल समिकरण पुरा

dfff-1701435775.png

file photo

१५ मङ्सिर, हेटौँडा । हेटौंडा १९ नेवारपानीमा जारी छैठौं संस्करणको उपमेयर नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलबाट जित निकाल्दै वडा नम्बर १७, ५, १९ र ११ सेमिफाइनल प्रवेश गरेका हुन् । 
१७ ले १० लाई २५–१६ र २५–२० को सोझो सेटमा हराएको हो । हेटौंडाको ६ नम्बर वडाले सुरुवाती अग्रतालाई जोगाउन नसक्दा ५ नम्बर वडालाई नतिजा सुम्पेको छ । ५ नम्बर वडा २०–२५, २५–२३ र १५–१० को सेटमा विजयी भएको हो । शुक्रबारै भएको खेलमा १९ नम्बरले१२ संग कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गर्यो । 
१९ ले १२ लाई २५–१८, १८–२५ र १५–१० को सेटमा पराजित गरेको हो । अन्तिम क्वार्टरफाइनल खेलमा ११ ले १६  लाई सोझो सेटमा हरायो । ११ नम्बर वडा २५–१२ र २५–११ को सेटमा विजयी भएको हो । 
जारी प्रतियोगितामा महिलातर्फ ९ नम्बर वडा फाइनल प्रवेश गरेको छ । महिलातर्फलो पहिलो सेमिफाइनलमा ९ ले १४ लाई हराउँदै उपाधी भिडन्त पक्का गरेको हो । ९ ले १४ लाई २२–२५, २५–२३, २५–११, २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 
१७ र १२ नम्बर वडाबीचको दोस्रो सेमिफाइनल भने रात परेको कारण स्थगित भएको छ । खेल जारी रहँदा रातपरेपछि शनिबार बिहान खेल्ने गरी स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ उपमहानगरका १२ वडा र महिलातर्फ ७ वटा वडाको सहभागिता रहेको छ । 
प्रतियोगितामा प्रथम हुने वडाले ५० हजार, द्वितीय हुनेले ३० हजार र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष भएको उपमेयर कपको पाँचौ सस्करणको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार