१६ मङ्सिर, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा समुदाय प्रहरी साझेदारीका जिल्ला सह–संयोजक प्रहरी उपरीक्षक सिताराम रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसर पारेर प्रहरी प्रमुख रिजाललाई स्वागत तथा सम्मान समेत गरिएको छ । उक्त अवसरमा प्रमुख रिजालले समाज परिवर्तनमा प्रहरी एक्लैको प्रयासले सम्भव नहुने बताए ।
उनले प्रहरीको कामलाई नागरिकको सकरात्मक सहयोग भए परिणाम समाजमा शान्ति स्थापना, सुशासन र अमनचयन कायम गर्न परिणाममुखी काम गर्न सकिने दावी गरे ।
प्रहरी प्रमुख रिजालले सामुदायिक सेवा केन्द्रहरुले नागरिक र प्रहरीको बिचमा पुलको काम गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको अवसरमा काठमाडौ महानगरपालिकाको आर्थिक सहयोगमा धार्मिक भ्रमण तथा सामुदायिक अवलोकनको लागी आएको १३० जनालाई स्वागत गरिएको थियो । काठमाडौंको पुरानो बस पार्क सामुदायिकका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, जेष्ठ नागरिकहरूलाई अध्यक्ष बिष्टले स्वागत गरेका थिए ।
उक्त अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्क सामुदायिक केन्द्रका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि कमरूदिन मियाले केन्द्रले गरिरहेको विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै सामुदायिक सेवा केन्द्र मकवानपुरलाई काठमाडौ भ्रमणको निम्ता दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका निमित्त प्रमुख सुन्दर कार्की दुबै केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्य, पुर्व अध्यक्ष, स्वयसेविका, जेष्ठ नागरिक लगाएतको उपस्थिति रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















