Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसियाली बुद्धिचालः भारतीय र बंगलादेशी खेलाडी उपाधि नजिक

Capture-1701565012.JPG

१७ मङ्सिर, हेटौँडा । नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ अन्तर्गत शनिवार साँझसम्म सातौ राउन्डका खेलहरु सकिएका छन् । 
सातौ चरणका खेलहरु सकिदा २३९३ रेटेड भारतीय खेलाडी सुभयान र २२१७ रेटेड बंगलादेशी आईएम महम्मद मिनहाज उद्दिन ६ अंकका साथ अग्रस्थान बनाउँन सफल भएको मकवानपुरका बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । 
भारतीय खेलाडी सुभयानले सातौ चरणसम्मको खेलमा पाँच जित र दुई बराबर गर्दै अग्रस्थानमा उभिएका छन् । उनले शनिवारको खेलमा भारत कै राहुल गुरुङ विरुद्ध जित निकाल्दै अंक बटुले । यता बंगलादेशी मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबे माथि कठिन जीत निकाल्दै सुभयानसँग बराबरी गर्न सफल भए । 
यस्तै प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्तके, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानको होडमा छन् । 
प्रतियोगितामा नेपाली खेलाडीहरु एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी द्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर खेली रहेका छन् भने नेपाल कै पूर्व च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ पनि समान ४ अंकको साथमा प्रतिस्पर्धामा छन् । 
यसैगरी महिला तर्फ भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् । 
स्विस नियमअनुसार नौ राउन्डमा जारी प्रतियोगिता आइतबार सम्पन्न हुने मकवानपुर अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन । 
यस्तै प्रतियोगितामा टप १५ खेलाडी सहित सर्वोकृष्ट महिला, सर्वोकृष्ट भेट्रान्स, सर्वोकृष्ट जुनियर, सर्वोकृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार