Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एसियाली बुद्धिचालः भारतीय र बंगलादेशी खेलाडी उपाधि नजिक

Capture-1701565012.JPG

१७ मङ्सिर, हेटौँडा । नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ अन्तर्गत शनिवार साँझसम्म सातौ राउन्डका खेलहरु सकिएका छन् । 
सातौ चरणका खेलहरु सकिदा २३९३ रेटेड भारतीय खेलाडी सुभयान र २२१७ रेटेड बंगलादेशी आईएम महम्मद मिनहाज उद्दिन ६ अंकका साथ अग्रस्थान बनाउँन सफल भएको मकवानपुरका बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । 
भारतीय खेलाडी सुभयानले सातौ चरणसम्मको खेलमा पाँच जित र दुई बराबर गर्दै अग्रस्थानमा उभिएका छन् । उनले शनिवारको खेलमा भारत कै राहुल गुरुङ विरुद्ध जित निकाल्दै अंक बटुले । यता बंगलादेशी मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबे माथि कठिन जीत निकाल्दै सुभयानसँग बराबरी गर्न सफल भए । 
यस्तै प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्तके, अर्बिन्दर प्रित सिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानको होडमा छन् । 
प्रतियोगितामा नेपाली खेलाडीहरु एरिना आईएम शुश्रुत दहाल, युवा खेलाडी द्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर खेली रहेका छन् भने नेपाल कै पूर्व च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ पनि समान ४ अंकको साथमा प्रतिस्पर्धामा छन् । 
यसैगरी महिला तर्फ भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन् । नेपालका भेट्रान खेलाडी मोहन सिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् । 
स्विस नियमअनुसार नौ राउन्डमा जारी प्रतियोगिता आइतबार सम्पन्न हुने मकवानपुर अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन । 
यस्तै प्रतियोगितामा टप १५ खेलाडी सहित सर्वोकृष्ट महिला, सर्वोकृष्ट भेट्रान्स, सर्वोकृष्ट जुनियर, सर्वोकृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार