Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

उपमेयर भलिबलः पुरुषतर्फ १७ र महिलातर्फ ९ नम्बर बिजयी

dfffaaaa-1701565722.JPG

१७ मङ्सिर, हेटौँडा । हेटौंडामा सञ्चालन भएको छैठौं संस्करणको उपमेयर भलिबल प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ९ नम्बर वडा विजयी भएको छन् । शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेटौंडा १७ ले ११ लाई हराउँदै उपाधि जितेको हो । 
१७ ले ११ लाई १७–२५, २५–२२, २५–२३, १७–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनलमा १७ ले ५ लाई र ११ र १९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । 
खेलमा १७ नम्बरका विवेक माझी उत्कृष्ट खेलाडी हुँदा, उत्कृष्ट स्पाइकर ११ का निश्चल राना, लिफ्टर १७ का कुमार श्रेष्ठ, डिफेण्डर ११ का निरन सापकोटा, उदयीमान खेलाडी १६ का विवश तिमल्सिना र उत्कृष्ट प्रशिक्षक १७ का कमल बिडारी घोषित भए । 
यस्तै महिलातर्फ ९ ले १२ लाई हराउँदै प्रतियोगिताको विजेता भएको हो । ९ ले १२ लाई १७–२५, २५–१६, २५–२३ र २६–२४ को सेटमा हराएको हो । सेमिफाइनलमा ९ ले १४ लाई र १२ ले १७ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । 
महिलातर्फको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका आयुषा सिंह, उत्कृष्ट स्पाइकर १२ की चमेली योञ्जन, लिफ्टर १२ की प्रशंसा भोम्जन, उदयीमान खेलाडी १२ का प्रतिक्षा माझी र १९ को सिम्रन स्याङ्बो तथा प्रशिक्षक प्रशिक्षक ९ नम्बर वडाका रवि बस्नेत घोषित भए । 
महिला र पुरुष दुवै विधाका प्रथम भएको वडाले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता वडाले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका वडाले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । 
गत वर्ष भएको उपमेयर कपको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको थियो । हेटौंडा उपमहानगरपालिकाको सहयोग एवम् केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र भलिबल संघको आयोजनामा प्रतियोगिता हुँदै आएको छ । 
 

Capture-1701565723.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार