१७ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा ६ दिनसम्म चलेको ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् । उनले नवौं चरणसम्मको प्रतिस्पर्धामा ६ जित र ३ बराबर खेल्दै अपराजित रहँदै ७.५ अंक बटुल्दै उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् ।
उनले उपाधिसँगै नगद एकलाख पच्चिस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ७÷७ अंक जोड्दै बंगलादेशका आईएम मोहम्मद निहाज उद्दिन र भारतका एफएम अरबिन्दर प्रित सिंह क्रमशः दोश्रो र तेस्रो स्थानमा रहन सफल भए ।
पुरस्कार स्वरुप मोहम्द मिनहाजले नगद ७५ हजार र अरबिन्दर प्रित सिंहले नगद ४० हजार प्राप्त गरे । यस्तै प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमाले समान ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल भए ।
यसैगरी एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्तके पन्ध्रौं स्थानमा रहन सफल भए । प्रतियोगिता अन्तर्गत उत्कृष्ट स्थानीय खेलाडीमा झिल्के मोक्तान, उत्कृष्ट भेट्रानतर्फ देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो भए ।
उत्कृष्ट महिलातर्फ श्रीलंकन खेलाडी सचिनी रानासिंघे प्रथम हुँदा इसानाभि दोश्रो भइन् । स्विस नियमअनुसार नौ राउन्डमा सम्पन्न प्रतियोगितामा टप १५ खेलाडी सहित सर्वोकृष्ट महिला, सर्वोकृष्ट भेट्रान्स, सर्वोकृष्ट जुनियर, सर्वोकृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगद पुरस्कार प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले जानकारी दिए ।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत लगाएतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







