१८ मङ्सिर, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा कृयाशिल पालुङ जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । १५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष एवम् थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
उपमेयर गोपालीले थाहाको विकासमा जेसीजलाई साथै लिएर अघि बढ्ने बताए । यहाँका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै थाहा नगरको सर्वाङ्गिण विकासमा आफूहरु लागिपरेको उनको भनाई थियो ।
कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, देवचुली जेसीज अध्यक्ष गणेश सापकोटा, हेटौंडा लेडी जेसीज अध्यक्ष दिलु घर्ती, पालुङ जेसीजका पूर्व अध्यक्ष सानोभाई कार्की र धर्मलाल प्रधान, मुल कार्यक्रम संयोजक अन्जय प्रधान, कार्यकारिणी उपाध्यक्ष दीपा बल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जेसीज सप्ताहको समापनमा स्थानीय क्याम्पस प्रमुख भएकी विद्यार्थी अनुषा प्रधान, डाक्टरद्वय गगन कार्की र पवन कार्की, स्वर्ण पदक विकेता खेलाडी रोजन मोक्तान र थाहा नगर उद्योग वाणिज्य संघमा निर्वाचित जेसीजका पदाधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बस्तिपुर जेसीज अध्यक्ष प्रेमबहादुर गोङ्बा, मकवानपुरगढी जेसीज प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी, चैनपुर जेसीज प्रस्तावित अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

















