Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एचआईभी संक्रमितको सहज उपचार सेवाको माग

Capture-1702601539.JPG

२९ मङ्सिर, हेटौंडा । एचआईभी संक्रमितहरुको वकालत गर्दै आइरहेको मकवानपुर पोजेटिभ समूहले विहीबार हेटौंडामा सरोकारवालासँग छलफलको आयोजना गरेको छ । मकवानपुरमा एचआईभी संक्रमितको अवस्था र आएका चुनौतीका विषयमा बृहत छलफल गरिएको थियो । सहभागीहरुले मकवानपुरमा सहज रुपमा उपचार सेवाको माग गरेका छन् । 
उनीहरुको उपचारको क्रममा गोपिनियता कायम राख्दै अस्पतालहरुले उपचार गरिनुपर्ने माग राखेका थिए । उनीहरु माथी लाग्ने लान्छना र भेदभावको अन्त्य गरिनुका साथै भेदभाव रहित स्वास्थ्य उपचार र शिक्षा दिन तीन तहको सरकारले ध्यान दिनुपर्ने जोड दिएका थिए । मकवानपुरमा २९७ एचआईभी संक्रमितहरुले एआरबी औषधि सेवन गर्दै आइरहेको मकवानपुर पोजेटिभ समूहका अध्यक्ष राजु सुवेदीले बताए ।
छलफल कार्यक्रममा हेटौंडा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख बासुदेव रिमाल, स्वास्थ्य निर्देशनालयका सुशील आचार्य, एड्स हेल्थ फाउन्डेसन नेपाल चितवनका प्रमुख कृष्ण सापकोटा, इपिक नेपाल प्रदेश संयोजक अजय कटुवाल, जीडब्लुपीका कार्यक्रम संयोजक मिलन न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फ्रेन्ड्स हेटौंडाका दील कुमारी तामाङ लगायत हेटौंडामा सञ्चालित निजी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार