२९ मङ्सिर, हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार अयोजित आँखा परीक्षण सिबिरमा एक सय ९८ जनाले परीक्षण गराएका छन् । बनकरिया, तामाङ, चेपाङलगायतका समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए ।
हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडाको समन्वयमा भएको आँखा परीक्षण सिबिरमा २२ जनामा मोतियाबिन्दुको रोगी फेला परेका छन् ।
मोतियाबिन्दु देखिएका २२ जनालाई शुक्रबार सामुदायिक आँखा अस्पताल हेटौंडामा निशुल्क सल्यक्रिया गर्ने तयारी भएको रोटरी क्लबका कार्यक्रम संयोजक उमाप्रसाद रौनियारले जानकारी दिए । मोतियाबिन्दुका कारण आँखा देख्न नसक्ने भएका ग्रामीण क्षेत्रका बिपन्न बर्गका नागरिकलाई मोतियाबिन्दुको निशुल्क सल्यक्रिया गरिदिने रौनियारको भनाई छ ।
शिबिरमा विद्यालयमा अध्ययनरत बालबालिकाले पनि आँखा परीक्षण गराएका थिए । रोटरीले क्लब मकवानपुरले जिल्लाका बिभिन्न ग्रामीण क्षेत्रमा निशुल्क आँखा परीक्षण सिबिर संचालन गर्दा मोतियाबिन्दुका रोगीको निशुल्क सल्यक्रिया गरेर सहयोग गरिरहेको रोटरी क्लवका निर्वाचित अध्यक्ष प्रकाश ढकालले बताए ।
पशुपतिनाथ माविमा संचालित आँखा परीक्षण शिबिरमा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, मनहरी गाउँ कार्यपालिका सदस्य मीरा खत्री, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधब गौतम, रोटरी क्लब र रोट्रयाक्ट क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















