Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापामाथि राजीनामाको दबाब

KT-1515139766.jpg

२१ पुस, काठमाडौं । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेको अन्नपूर्ण पोष्टमा समाचार छ ।

नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमासमेत अध्यक्षले मनोमानी गरेको आरोप लगाए। केन्द्रीय सदस्य वसन्तमानसिंह अधिकारीले अध्यक्ष थापाका कारण पार्टीले लज्जास्पद पराजय भोग्नुपरेको आरोप लगाए। बैठकमा अध्यक्षविरुद्ध निकै आक्रामक बनेका उनले थापालाई इंगित गर्दै भने, ‘यसको जिम्मेवारी तपाईंले लिनुपर्छ। तपाईंले जानी जानी पार्टीलाई पराजित गर्नुभयो। तपाईंले राजीनामा दिनुपर्छ।'

अधिकारीले पार्टी विभाजन रोक्न अध्यक्ष थापाले कुनै पहल नगरेको जिकिर गरे। उनले भने, ‘पार्टी एकतापछि हामी सांगठनिक रूपमा निकै सुदृढ भइसकेका थियौं, तर अध्यक्षले पार्टीका शीर्ष नेतालाई सँगै मिलाएर लैजान सक्नुभएन र पार्टी विभाजन रोक्न चासो दिनुभएन ।' केन्द्रीय सदस्य विक्रम थापाले पनि नेतृत्वप्रति असन्तुष्टि जनाए। पार्टीले एजेन्डालाई बिर्सेर सत्तामा मात्र ध्यान दिएको र उनले अब नेतृत्वको कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै हिन्दु राज्य र राजसंस्थाको मागलाई फेरि जनताबीच सशक्त रूपमा लैजानुपर्ने बताएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार