२२ पुस, हेटौँडा । चिसोका कारण तराईको जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ । चिसोले कठ्याग्रिंएर पूर्वी तराईमा मृत्यु हुनेको संख्या नौ पुगेको छ । एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा मात्रै ६ जनाको मृत्यु भएको छ ।
शुक्रवार महदेवा गाँउपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको चिसोले मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए ।
यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।
अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । यता एक सातादेखि बढ्दै गएको वाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ ।
बढ्दै गएको शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ । स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडा समेत वितरण गरेका छन् ।
यसैबीच मौसम पुर्वाअनुमान महाशाखाले अझै चिसो बढ्न सक्ने भएकाले समयमा नै सचेत रहन आग्रह गरेको छ । मौसमविद् शान्ती कँडेलले अबको दुई सातासम्म चिसो बढ्ने जानकारी दिए । उनले उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने र तराईका क्षेत्रमा शितलहरको मात्रा अझै बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरे ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



