२२ पुस, हेटौँडा । चिसोका कारण तराईको जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ । चिसोले कठ्याग्रिंएर पूर्वी तराईमा मृत्यु हुनेको संख्या नौ पुगेको छ । एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा मात्रै ६ जनाको मृत्यु भएको छ ।
शुक्रवार महदेवा गाँउपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको चिसोले मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए ।
यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो ।
अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ । यता एक सातादेखि बढ्दै गएको वाक्लो हुस्सु र शितलहरको कारण महोत्तरीको जनजीवन पनि प्रभावित बनेको छ ।
बढ्दै गएको शितलहरका कारणले जिल्ला शिक्षा कार्यालयले स्थानीय तहसँग समन्वय गरी सामुदायिक विद्यालयमा एक हप्ता विदा दिने निर्णय गरेको छ । स्थानीय तहहरुले चिसो र शितलहरबाट राहतका लागि ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गर्न दाउराको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले दलित वस्तीमा न्यानो कपडा समेत वितरण गरेका छन् ।
यसैबीच मौसम पुर्वाअनुमान महाशाखाले अझै चिसो बढ्न सक्ने भएकाले समयमा नै सचेत रहन आग्रह गरेको छ । मौसमविद् शान्ती कँडेलले अबको दुई सातासम्म चिसो बढ्ने जानकारी दिए । उनले उच्च पहाडी क्षेत्रमा हिमपात हुनसक्ने र तराईका क्षेत्रमा शितलहरको मात्रा अझै बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरे ।
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...


















