२२ पुस, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक उत्सव शनिवार सम्पन्न भएको छ ।
समूहले वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरेको छ । समूहले फलफूल खेतीमा हेटौडा–६ दिव्यनगरका शारदा अधिकारी, पशुपालनमा मकवानपुरगढी–३ का तारानाथ सापकोटा, हस्तकलामा हेटौडा–६ खडकुलेका रामकृष्ण राई, खेतीमा हेटौडा–६ पुतलीबजारका मोहनबहादुर भण्डारी र महिला उपसमूहमा सुनौलो आयआर्जन महिला समूहलाई सम्मान गरिएको थियो ।
यसैगरी उपभोक्ताहरुमा हेटोडा–६, पुतलीबजारका रामहरी ओझा, हेटौडा–६, दिव्यनगरका रामचन्द्र सापकोटा र मकवानपुरगढी–३, मक्रान्चुलीका कृष्णप्रसाद हुमागाईलाई सम्मान गरिएको थियो । जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवम कार्यक्रम संयोजक डोरबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा,वन समूहका अध्यक्ष कृष्णबहादुर विडारी, सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहका सल्लाहकार साधुराम चौलागाई, जनकल्याण सहकारीका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतम, समूहकी सचिव नानीमैया रुम्वा, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















