२२ पुस, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २४ औं वार्षिक उत्सव शनिवार सम्पन्न भएको छ ।
समूहले वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरेको छ । समूहले फलफूल खेतीमा हेटौडा–६ दिव्यनगरका शारदा अधिकारी, पशुपालनमा मकवानपुरगढी–३ का तारानाथ सापकोटा, हस्तकलामा हेटौडा–६ खडकुलेका रामकृष्ण राई, खेतीमा हेटौडा–६ पुतलीबजारका मोहनबहादुर भण्डारी र महिला उपसमूहमा सुनौलो आयआर्जन महिला समूहलाई सम्मान गरिएको थियो ।
यसैगरी उपभोक्ताहरुमा हेटोडा–६, पुतलीबजारका रामहरी ओझा, हेटौडा–६, दिव्यनगरका रामचन्द्र सापकोटा र मकवानपुरगढी–३, मक्रान्चुलीका कृष्णप्रसाद हुमागाईलाई सम्मान गरिएको थियो । जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवम कार्यक्रम संयोजक डोरबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा,वन समूहका अध्यक्ष कृष्णबहादुर विडारी, सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहका सल्लाहकार साधुराम चौलागाई, जनकल्याण सहकारीका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतम, समूहकी सचिव नानीमैया रुम्वा, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



