Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

किन फिर्ता गरे मकवानपुरका २ भुकम्प प्रभावितले रकम ?

Bhukampa-Prabhawit-1515314614.jpg

File Photo

२३ पुस, हेटौँडा । निजी आवास निर्माणका लागि पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका मकवानपुरका २ भुकम्प प्रभावितले रकम फिर्ता गरेका छन् ।
पहिलो किस्ता लिएर लामो समयसम्म निजी आवास निर्माणका लागि रकम लिएर निर्माण  अघि नबढाएका प्रभावितलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले रकम फिर्ता गर्न समेत पाउने व्यवस्था गरेपछि उनीहरुले रकम फिर्ता गरेका हुन् । 
प्राधिकरणका अनुसार, पहिलो किस्ताको रकम लिएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ का रामशरण भुलुन र हेटौंडा नगरपालिका–८ का तुलाबहादुर लामाले पहिलो किस्ता लिए पनि घर बनाउन आवश्यक नभएको भन्दै रकम फिर्ता गरेका छन् । उनीहरुले प्रभावितको सूचीबाट पनि नाम हटाउन आवेदन दिएका थिए । गत बिहीबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले भुलुन र लामाले रकम फिर्ता गरेकोमा धन्यवाद दिंदै उनीहरूको नाम लाभग्राहीबाट हटाउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
प्राधिकरणले हालसम्म प्रभावितको सूचीमा रहेकामध्ये ६ लाख ७६ हजारले अनुदान सम्झौता गरेको ६ लाख ६४ हजार ६ सयले पहिलो किस्ता लिए पनि दोस्रो किस्ताको रकम लिनेको संख्या भने १ लाख ४५ हजारमात्र छ । 
पहिलो किस्ताको रकम लिएर पनि दोस्रो किस्ताको रकम लिन नआएपछि प्राधिकरणको कार्यकारी समितिको बैठकले पैसा फिर्ता गरी प्रभावितको सूचीबाट नाम हटाउन सकिने व्यवस्था गरेको छ । सूचीमा रहेर घर बनाउन आवश्यक नठान्ने प्रभावितले सरकारको १५०१२ राजस्व शीर्षकमा रकम फिर्ता गरी लाभग्राहीबाट नाम हटाउन सक्ने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता भुसालले जानकारी दिए । 
कार्यकारी समितिले विगतमा आवश्यक निजी आवास बनाउन आवश्यक नपरेर ५० हजार रकम फिर्ता गर्न समेत प्रभावितलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएका व्यक्तिहरूले लाभग्राहीमा सूचीमा आफ्नो नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन यसअघि नै सूचना प्रकाशित गरी अनुरोध गरिसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार