Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनले मनायो ३० औ वार्षिक उत्सव

FB_IMG_1704635427026-1704635546.jpg

२२ पुस,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा समूहले विभिन्न विद्याका ८ जना उपभोक्ताहरुलाई सम्मानित गरेको छ।

समूहले उत्कृष्ठ उपभोक्तामा हेटौडा–६ दिब्यनगरका तारानाथ ढकाल, पशुपालनमा हेटौडा–६ का कृष्ण प्रसाद घोरसैनी,खेतीमा मकवानपुरगढी–३ का भीमसेन हुमागाई, सरसफाईमा मकवानपुरगढी–३, मक्रान्चुलीका रामशरण देवकोटा, कृषि उपज खरिदकर्तामा हेटौडा–६, पुतलीबजारकी कल्पना परियारलाई सम्मानित गरेको छ । त्यसैगरी  वातावरण सफाइमा हेटौडा–६ चौघडाका राजु थापा मगर, उत्कृष्ठ महिला समूहमा मकवानपुरगढी–४, कालीखोलामा रहेको एकता महिला आयआर्जन समूह र २०८० सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने मकवानपुरगढी–३, मक्रान्चुलीका अनिश घिमिरेलाई वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको छ ।

कार्यक्रममा हेटौडा–६ का वडा सदस्य सरिता सापकोटा, लेखराज ढकाल, सव डिभिजन वन कार्यालय, हेटौडाकी वन अधिकृत सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राइृ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, बंशगोपाल दुग्ध सहकारीका लेखा संयोजक जयराम घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल सचिव नानीमायाँ रुम्वा,कार्यसमितिका पदाधिकारी, लेखा समिति, महिला समूहका पदाधिकारी, उपभोक्ता, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार