२२ पुस,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा समूहले विभिन्न विद्याका ८ जना उपभोक्ताहरुलाई सम्मानित गरेको छ।
समूहले उत्कृष्ठ उपभोक्तामा हेटौडा–६ दिब्यनगरका तारानाथ ढकाल, पशुपालनमा हेटौडा–६ का कृष्ण प्रसाद घोरसैनी,खेतीमा मकवानपुरगढी–३ का भीमसेन हुमागाई, सरसफाईमा मकवानपुरगढी–३, मक्रान्चुलीका रामशरण देवकोटा, कृषि उपज खरिदकर्तामा हेटौडा–६, पुतलीबजारकी कल्पना परियारलाई सम्मानित गरेको छ । त्यसैगरी वातावरण सफाइमा हेटौडा–६ चौघडाका राजु थापा मगर, उत्कृष्ठ महिला समूहमा मकवानपुरगढी–४, कालीखोलामा रहेको एकता महिला आयआर्जन समूह र २०८० सालको एसईइमा उत्कृष्ट अंक हासिल गर्ने मकवानपुरगढी–३, मक्रान्चुलीका अनिश घिमिरेलाई वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको छ ।
कार्यक्रममा हेटौडा–६ का वडा सदस्य सरिता सापकोटा, लेखराज ढकाल, सव डिभिजन वन कार्यालय, हेटौडाकी वन अधिकृत सविना रिजाल, फरेष्टर यदुकुमार घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राइृ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, बंशगोपाल दुग्ध सहकारीका लेखा संयोजक जयराम घिमिरे, समूहका उपाध्यक्ष केशव धिताल सचिव नानीमायाँ रुम्वा,कार्यसमितिका पदाधिकारी, लेखा समिति, महिला समूहका पदाधिकारी, उपभोक्ता, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















