२३ पुस, हेटौंडा । डिभिजन वन कार्यालय, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घनारायण कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसार आयोगले कोइरालाविरूद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएको भन्दै एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया विगो जरिवाना र कैद दावीसहित बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको उजुरी परेको थियोे ।
यस्तो छ विज्ञप्ति
विज्ञप्ति:- मिति २०८०।०९।२३ गते।
------------------------------------------
डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दीर्घ नारायण कोईरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६।०२।०२ देखि मिति२०७८।११।१२ सम्मको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजको पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जिवन बिमा परिपक्क भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको वचत रकमसमेत गरी जम्मा रु.८१,८६,९९६।३१ (एकासी लाख छयासी हजार नौ सय छयानब्बे रूपैंया एकतीस पैसा) आय आर्जन गरेको, सोही जाँच अवधिमा निजको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक ब्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैंक मौज्दातसमेत गरी जम्मा रु.२,०७,८३,३४९।८५ (दुई करोड सात लाख त्रियासी हजार तीन सय उनान्पचास रुपैंया पचासी पैसा) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रू.८१,८६,९९६।३१ को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी रु.२,०७,८३,३४९।८५ देखिँदा आयभन्दा बढी भएको रु. १,२५,९६,३५३।५५ (एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा) बरावरको सम्पत्ति स्रोत नखुली निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएको हुँदा सार्वनजिक पद धारण गरेका निज दीर्घ नारायण कोईरालाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिम गैरकानूनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु. १,२५,९६,३५३।५५ (एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।
साथै, दीर्घ नारायण कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोईरालासमेतको नाममा जग्गा खरिद, निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मुल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम श्रीमती गीता पौडेल कोईरालालाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















