२४ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लवको आयोजना एवं व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सिपमुलक तालिमले जीविकोपार्जन र स्वावलम्बी बन्न टेवा पुग्ने भएकाले सिप सिकेर व्यवहारमा उतार्न आग्रह गरे । उनले उपमहानगरपालिकाले समेत विभिन्न खालका सिपमुलक तालिमका लागि बजेट विनियोजन गरेको भन्दै यसमा समेत सहभागी भएर लाभ हासिल गर्न सकिने बताए ।
कार्यक्रममा हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख अशेष खड्का, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, क्लवका सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रूपेश दुलाल, प्रशिक्षार्थी सीता थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२५ जना सहभागी हुने तालिममा तालिम केन्द्रका प्रशिक्षक अनुपा घिमिरे र निर्मला गुरागाईले प्रशिक्षण दिनेछन् । कार्यक्रममा हेटौंडा-६ का पूर्व वडा सदस्य शुभद्रा तिमल्सिना, लेखा अधिकृत डोरबहादुर खड्का, रोहिणी स्वस्तिक बाल उद्यान समितिका अध्यक्ष चतुर्भुज राई, गढी जेसिजका अध्यक्ष विजय पुडासैनी, रक्षादेवी क्लवका उपाध्यक्ष केशव कोइराला, क्लवका सहसचिव शोभा घिमिरे, केन्द्रका प्रशिक्षक नवराज पौडेल लगायतको सहभागिता रहेको थियोे ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







