Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बन्लान् त बानियाँ प्रतिपक्ष दलको नेता ?

Indra-Bahadur-Baniya-1515318732.jpg

२३ पुस, हेटौँडा । प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचन सकिएको एक महिना वितेपनि अझै प्रदेश सरकार गठन हुन सकेको छैन । नयाँ सरकार गठन नभए पनि दलहरु अब बन्ने प्रदेश सरकारबारे आन्तरिक छलफलमा जुटेको छ । 
समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक र सरकार गठन अन्यौलमा रहँदा नेपाली कांग्रेसले प्रदेशमा आफ्नो प्रतिनिधित्वबारे छलफल गरिरहेको छ । पहिलो दल हुन नसकेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने तर्खरमा छ । तर सत्ता गठबन्धनबारे टुंगो नलाग्दा यसमा ढिलाई भएको जनाईएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ता साझेदारी गरे नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने निश्चित छ । 
त्यसैले कांग्रेसमा प्रमुख प्रतिपक्ष दलको नेता कसलाई बनाउने भन्नेबारेमा शिर्ष नेताहरुबीच छलफल तिब्र पारिएको छ । प्रदेश नम्बर ३ मा पनि यसबारेमा छलफल भईरहेको नेपाली कांग्रेस स्रोतले बतायो । प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट ७ जना विजयी भएका छन् । विजयी नेतामध्ये नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ प्रमुख प्रतिपक्ष दलको नेता बन्ने चर्चा छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिन लागेका बानियाँलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशमा कांग्रेसले सरकार गठन गरे मूख्य मन्त्री, नभए प्रमुख प्रतिपक्ष दलको नेता बनाउने बचन दिएका थिए । उनले राप्रपा अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर १ छोड्न भन्दै मूख्य मन्त्री वा प्रमुख प्रतिपक्ष दलको नेता बनाउने बचत दिएको कांग्रेस मकवानपुरका नेताहरुको भनाई छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको निर्देशनपछि बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्र्रदेश २ बाट उम्मेदवार बनेर विजयी भएका थिए । 
‘आफ्नो वचन पुरा गर्न पनि सभापति देउवाले बानियाँलाई प्रमुख प्रतिपक्ष दलको नेता बनाउनुपर्नेमा कांग्रेस मकवानपुरका नेताहरुको एक स्वर छ । बानियाँलाई प्रमुख प्रतिपक्ष दलको नेता बनाउनुपर्नेमा ३ नम्बर प्रदेशका विभिन्न जिल्लाका कांग्रेस नेताहरुले नै देउवासमक्ष लविङ गरिरहेका छन् । बानियाँ निकट स्रोतका अनुसार देउवा पनि उनीहरुको भनाईमा सकारात्मक देखिएका छन् । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृहमन्त्री चलाईसकेको, कांग्रेसलाई मकवानपुरमा २ वटा निर्वाचनमा विजयी गराएको र पार्टी जिल्ला सभापति समेत रहेकाले उनलाई प्रमुख प्रतिपक्ष दलको नेता बनाउनुपर्ने कांग्रेस मकवानपुरको ठम्याई छ । यसका लागि जिल्लादेखि केन्द्रसम्म लविङ भईरहेको जनाईन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार