२३ पुस, हेटौँडा । प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचन सकिएको एक महिना वितेपनि अझै प्रदेश सरकार गठन हुन सकेको छैन । नयाँ सरकार गठन नभए पनि दलहरु अब बन्ने प्रदेश सरकारबारे आन्तरिक छलफलमा जुटेको छ ।
समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक र सरकार गठन अन्यौलमा रहँदा नेपाली कांग्रेसले प्रदेशमा आफ्नो प्रतिनिधित्वबारे छलफल गरिरहेको छ । पहिलो दल हुन नसकेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने तर्खरमा छ । तर सत्ता गठबन्धनबारे टुंगो नलाग्दा यसमा ढिलाई भएको जनाईएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ता साझेदारी गरे नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने निश्चित छ ।
त्यसैले कांग्रेसमा प्रमुख प्रतिपक्ष दलको नेता कसलाई बनाउने भन्नेबारेमा शिर्ष नेताहरुबीच छलफल तिब्र पारिएको छ । प्रदेश नम्बर ३ मा पनि यसबारेमा छलफल भईरहेको नेपाली कांग्रेस स्रोतले बतायो । प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट ७ जना विजयी भएका छन् । विजयी नेतामध्ये नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ प्रमुख प्रतिपक्ष दलको नेता बन्ने चर्चा छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिन लागेका बानियाँलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ३ नम्बर प्रदेशमा कांग्रेसले सरकार गठन गरे मूख्य मन्त्री, नभए प्रमुख प्रतिपक्ष दलको नेता बनाउने बचन दिएका थिए । उनले राप्रपा अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर १ छोड्न भन्दै मूख्य मन्त्री वा प्रमुख प्रतिपक्ष दलको नेता बनाउने बचत दिएको कांग्रेस मकवानपुरका नेताहरुको भनाई छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको निर्देशनपछि बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्र्रदेश २ बाट उम्मेदवार बनेर विजयी भएका थिए ।
‘आफ्नो वचन पुरा गर्न पनि सभापति देउवाले बानियाँलाई प्रमुख प्रतिपक्ष दलको नेता बनाउनुपर्नेमा कांग्रेस मकवानपुरका नेताहरुको एक स्वर छ । बानियाँलाई प्रमुख प्रतिपक्ष दलको नेता बनाउनुपर्नेमा ३ नम्बर प्रदेशका विभिन्न जिल्लाका कांग्रेस नेताहरुले नै देउवासमक्ष लविङ गरिरहेका छन् । बानियाँ निकट स्रोतका अनुसार देउवा पनि उनीहरुको भनाईमा सकारात्मक देखिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृहमन्त्री चलाईसकेको, कांग्रेसलाई मकवानपुरमा २ वटा निर्वाचनमा विजयी गराएको र पार्टी जिल्ला सभापति समेत रहेकाले उनलाई प्रमुख प्रतिपक्ष दलको नेता बनाउनुपर्ने कांग्रेस मकवानपुरको ठम्याई छ । यसका लागि जिल्लादेखि केन्द्रसम्म लविङ भईरहेको जनाईन्छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




