२५ पुस,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरीकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु गरेको हो ।
बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमति प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा संबिधानले व्यवस्था गरे अनुसारको कानुनी प्रकृया, अधिकारको बारे जानकारी, योजना तर्जुमा प्रकृयामा सहभागिता कसरी जुटाउन सकिन्छ र जेष्ठ नागरीकको स्वास्थ्य उपचारको बारेमा जानकारी गराइने महाशाखाले जनाएको छ । अभिमुखिकरणमा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडाका अध्यक्ष बिष्णुगोपाल महर्जनले जेष्ठ नागरीक प्रतिको सम्मान घट्दै गएको प्रति सचेत हुन जरुरी रहेको बताए । उनले बुढ्यौली लाग्दै जाँदा परीवारका सदस्यबाट छुटिनु पर्ने, धेरै ध्यान नदिने समस्या देखिएकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै जेष्ठ नागरीक प्रतिको सम्मानलाई गुम्न नदिने वाताबरण बनाउन जरुरी रहेको बताए । मञ्च बागमति प्रदेशका अध्यक्ष पौडेलले राजधानी शहर भएपनि यातायात व्यवसायीले काठमाण्डौं सहित अन्य जिल्लामा जस्तो जेष्ट नागरीक सिट र छुटको व्यवस्था कार्यान्वयन नगरेकाले उपमहानगरले भूमिका निर्वाह गरिदन आग्रह गरेका थिए ।
नगर स्तरीय मञ्चले नगरका पाँच वडामा जेष्ठ नागरीक भेला गर्ने तयारी गरेको छ । मञ्चका नगर स्तरीय अध्यक्ष रामचन्द्र ढकालले नगरका ४, ७, १४, १७ र १९ नम्बर वडामा जेष्ठ नागरिक र बालवालिकासँग अन्तरक्रिया गर्ने तयारी गरेको बताए ।नगर स्तरीय अध्यक्ष ढकालको अध्यक्षतामा भएको अभिमुखिकरणमा महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महाशाखाका मन्दिरा थापा, जेष्ठ नागरीक मञ्च जिल्ला अध्यक्ष हरीप्रसाद सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडामा गठित १९ वटै वडाका जृष्ठ नागरीक मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।अभिमुखिकरण कार्यक्रमको सहजिकरण उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख लामिछानेले गरेकी छन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















