२५ पुस,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर भित्र रहेका जेष्ठ नागरीकका पदाधिकारीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुई दिने अभिमुखिकरण सुरु गरेको हो ।
बुधबार र बिहीवार सञ्चालन हुने अभिमुखिकरणको जेष्ठ नागरीक मञ्च बागमति प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा संबिधानले व्यवस्था गरे अनुसारको कानुनी प्रकृया, अधिकारको बारे जानकारी, योजना तर्जुमा प्रकृयामा सहभागिता कसरी जुटाउन सकिन्छ र जेष्ठ नागरीकको स्वास्थ्य उपचारको बारेमा जानकारी गराइने महाशाखाले जनाएको छ । अभिमुखिकरणमा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडाका अध्यक्ष बिष्णुगोपाल महर्जनले जेष्ठ नागरीक प्रतिको सम्मान घट्दै गएको प्रति सचेत हुन जरुरी रहेको बताए । उनले बुढ्यौली लाग्दै जाँदा परीवारका सदस्यबाट छुटिनु पर्ने, धेरै ध्यान नदिने समस्या देखिएकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै जेष्ठ नागरीक प्रतिको सम्मानलाई गुम्न नदिने वाताबरण बनाउन जरुरी रहेको बताए । मञ्च बागमति प्रदेशका अध्यक्ष पौडेलले राजधानी शहर भएपनि यातायात व्यवसायीले काठमाण्डौं सहित अन्य जिल्लामा जस्तो जेष्ट नागरीक सिट र छुटको व्यवस्था कार्यान्वयन नगरेकाले उपमहानगरले भूमिका निर्वाह गरिदन आग्रह गरेका थिए ।
नगर स्तरीय मञ्चले नगरका पाँच वडामा जेष्ठ नागरीक भेला गर्ने तयारी गरेको छ । मञ्चका नगर स्तरीय अध्यक्ष रामचन्द्र ढकालले नगरका ४, ७, १४, १७ र १९ नम्बर वडामा जेष्ठ नागरिक र बालवालिकासँग अन्तरक्रिया गर्ने तयारी गरेको बताए ।नगर स्तरीय अध्यक्ष ढकालको अध्यक्षतामा भएको अभिमुखिकरणमा महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महाशाखाका मन्दिरा थापा, जेष्ठ नागरीक मञ्च जिल्ला अध्यक्ष हरीप्रसाद सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडामा गठित १९ वटै वडाका जृष्ठ नागरीक मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।अभिमुखिकरण कार्यक्रमको सहजिकरण उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख लामिछानेले गरेकी छन् ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







