Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वंशगोपाल दुग्ध सहकारीको साधारणसभा, अध्यक्षमा चौलागाईं चयन

FB_IMG_1705068826445-1705069003.jpg

२७ पुस, हेटौंडा। हेटौडा–६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

हेटौडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना लामाको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन, कृषक हितकोषका सदस्य नवराज पौडेलले हितकोषको प्रतिवेदन,पशुधन संरक्षण समितिका संयोजक खडानन्द चौलागाईले पशुधन संरक्षण समितिको प्रतिवेदन र व्यवस्थापक लक्ष्मण सापकोटाले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०८०/०८१ को लागि ३ करोडको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।

त्यसैगरी साधारणसभामा उत्कृष्ट कृषकमा बासुदेव अधिकारी, नवराज दाहाल र रजत श्रेष्ठ, गुणस्तरीय दूध विक्रीमा राम प्रसाद गौतम, सफा दूध विक्रीमा कृष्णहरि राई, गोठ सफामा लक्ष्मण खनाल, धेरै पशु आहार खरिदमा रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो ।  उत्कृष्ट बचतकर्ता गोमा लामिछाने र जयराम घिमिरे, उत्कृष्ट कारोवारीमा विमला दाहाल र राजीव खनालाई पुरस्कृत गरिएको थियो । आज सम्पन्न साधारणसभाले खडानन्द चौलागाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधिमा बासुदेव अधिकारी चयन भएका छन् ।

त्यसैगरी  समितिको सदस्यहरुमा राम प्रसाद गौतम, शिवराज आचार्य, महादेव प्रसाद न्यौपाने, सूर्यप्रसाद दुलाल, केशव चौलागाई, रुद्र कुमारी सापकोटा र हिरादेवी महर्जन चयन भएका छन । लेखा समितिको संयोजकमा जयराम घिमिरे, सदस्यमा दिलिप सुवेदी र राधिका हुमागाई, कृषक हितकोषको संयोजकमा केशव धिताल सदस्यमा नवराज पौडेल र गोपालचन्द्र भट्टराई चयन भएको निर्वाचन संयोजक रमेश प्रसाद लामिछानेले बताए ।

साधारणससभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, दुग्ध विकास बोर्ड बागमती प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, पूर्व अध्यक्ष बासुदेव सापकोटा, केशव प्रसाद सञ्जेल, सल्लाहकार बालकृष्ण चौलागाई, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङगाना, मक्रान्चुली साझा सहकारीका अध्यक्ष रामहरि न्यौपाने, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव सञ्जेल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, संस्था उपाध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।

FB_IMG_1705069023861-1705069050.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार