Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडि जेसिजको २६ औ पदस्थापन कार्यक्रम सम्पन्न

Screenshot_20240115_19220-1705326418.jpg

१ माघ ,हेटौंडा। हेटौंडा लेडि जेसिजको २६औ पदस्थापन तथा सम्मान कार्यक्रम  सोमबार सम्पन्न भएको छ।

प्रतिनिधिसभा सदस्य एव पुर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०२३ कि अध्यक्ष दिल माया घर्ती मगरको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रममा हेटौंडा-८ का वडाअध्यक्ष राम थापाको विषेश आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौडा लेडी जेसिजको सन २०२४ का लागि निर्वाचित भएकी अध्यक्ष सुजीता केसीले कार्यकारिणी उपाध्यक्षमा सरस्वती थिङ केसी र नम्रता श्रेष्ठ, उपाध्यक्ष रन्जु पुडासैनी, पबित्रा गुरुङ , सलोनी बाटाजु र सुनिता लुइँटेललाई २६ औ पदस्थापन कार्यक्रम मार्फत पदभार ग्रहण गराएकि थिइन्।

नव निर्वाचित अध्यक्ष केसीलाई निवर्तमान अध्यक्ष दिलुमाया घर्तीले र वर्ष २०२४को नवनिर्वाचित उपाध्यक्ष तथा कार्यकारिणी उपाध्यक्षलाई नव निर्वाचित अध्यक्ष केसीले सपथग्रहण गराएकी थिइन्। 

पदस्थापन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि सिंहले महिला शशक्तिकरणमा लेडि जेसिजको भुमिका महत्वपुर्ण रहेको भन्दै समाज र सम्रग महिलाप्रति उत्तरदायी हुन नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका छन्। 

पदस्थापन तथा सम्मान कार्यक्रममा नेपाल जेसीज बर्ष-२०२४ का कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार उपाध्यक्ष सौरभ श्रेष्ठ, महासचिव सरोज अधिकारी, नेपाल जेसीजकी पूर्व कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निलम पाण्डे, नेपाल जेसीजका पुर्व अध्यक्ष राजेश मोहन प्रधान,नेपाल जेसीजका उपाध्यक्ष अमर घिमिरे, हेटौडा जेसिज २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठ, हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवण कुमार बर्तौला, हेटौंडा जेसीज २०२२ का अध्यक्ष पवन कंशाकर,२०२० का अध्यक्ष राजदेव बानियाँ,विभिन्न जेसिज शाखाका अध्यक्ष तथा प्रतिनिधि, लेडि जेसिजका पुर्व अध्यक्षहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो। कार्यक्रममा लेडि जेसिजलाई सहयोग गर्ने  विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

Screenshot_20240115_19221-1705326418.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार