४ माघ,हेटौँडा । हेटौँडा वडा नम्बर २ को आयोजनामा सोही वडामा रहेको सिद्धार्थ मा वि का बालबालिका तथा विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको छ ।
बिहिबार हेटौँडा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गोपाल मर्हजनको सभाध्यक्षतामा बालबालिका र विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख गौतम, सन्चारकर्मी आशिष दुलाल लगायत सिद्धार्थ बाल कल्बका अध्यक्ष भोजराज सञ्जेल लगायत विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
वडाध्यक्ष कार्यक्रममा विद्यालयका कक्षा–११ मा अध्ययनरत छात्रा करुणा कुमारी चौरासियाले स्थानीय सरकारले निशुल्क उपलब्ध गराएको महिनावारी हुँदा प्रयोग हुने प्याड गुणस्तिरीय हिन भएको कुरा वडाध्यक्ष मर्हजनलाई सुनाइन् । त्यसैगरी विद्यालयका बालबालिकाले विद्यालय आसपासमा हुने ध्वनी प्रदुषण, विद्यालयको हातबाट १०० मिटर भित्रै सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री बितरण भएको बारेमा वडाध्यक्षलाई ध्यानाकर्षण गराएका थिए । त्यसैगरी वडाध्यक्ष मर्हजनले प्याड गुणस्तरीयताका लागि उपमहानगरलाई जनाकारी गराउने, बालबालिकाले राखेका समस्याका बारेमा सामाधन खोजिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वडा कार्यालयले बाल समुहका एक सय भन्दा बढि बालबालिका तथा टोलबिकास संस्थाका प्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र निकट दिनमै वडाका अन्य तीन वटा बिधालयमा बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरिने वडा सदस्य सुरज बर्तौलाले बताएका छन् ।
हेटौँडा उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको तयारी अनुसारनै हेटौँडा वडा नम्बर २ ले बालमैत्री वडा घोषणका लागि वडा भित्रका विद्यालय, बाल क्लब र टोल विकासमा प्रतिनिधिहरुसंग उक्त कार्यक्रमको आयोजना गरिएको यडा सदस्य वर्तौलाले बताएका छन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















