Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा-२ को सिद्धार्थ माविका बालबालिकासँग वडाध्यक्ष कार्यक्रम

416463493_245904247939377-1705588627.jpg

४ माघ,हेटौँडा । हेटौँडा वडा नम्बर २ को आयोजनामा सोही वडामा रहेको सिद्धार्थ मा वि का बालबालिका तथा विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको छ ।

बिहिबार हेटौँडा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गोपाल मर्हजनको सभाध्यक्षतामा बालबालिका र विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख गौतम, सन्चारकर्मी आशिष दुलाल लगायत सिद्धार्थ बाल कल्बका अध्यक्ष भोजराज सञ्जेल लगायत विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

वडाध्यक्ष कार्यक्रममा विद्यालयका कक्षा–११ मा अध्ययनरत छात्रा करुणा कुमारी चौरासियाले स्थानीय सरकारले निशुल्क उपलब्ध गराएको  महिनावारी हुँदा प्रयोग हुने प्याड गुणस्तिरीय हिन भएको कुरा वडाध्यक्ष मर्हजनलाई सुनाइन् । त्यसैगरी विद्यालयका बालबालिकाले  विद्यालय आसपासमा हुने ध्वनी प्रदुषण, विद्यालयको हातबाट १०० मिटर भित्रै सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री बितरण भएको बारेमा वडाध्यक्षलाई ध्यानाकर्षण गराएका थिए । त्यसैगरी वडाध्यक्ष मर्हजनले प्याड गुणस्तरीयताका लागि उपमहानगरलाई जनाकारी गराउने, बालबालिकाले राखेका समस्याका बारेमा सामाधन खोजिने प्रतिवद्धता व्यक्त गरेका थिए  । 

वडा कार्यालयले बाल समुहका एक सय भन्दा बढि बालबालिका तथा टोलबिकास संस्थाका प्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र निकट दिनमै वडाका अन्य तीन वटा बिधालयमा बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम  सञ्चालन गरिने वडा सदस्य सुरज बर्तौलाले बताएका छन् ।  

हेटौँडा उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको तयारी अनुसारनै हेटौँडा वडा नम्बर २ ले बालमैत्री वडा घोषणका लागि वडा भित्रका विद्यालय, बाल क्लब र टोल विकासमा प्रतिनिधिहरुसंग उक्त कार्यक्रमको आयोजना गरिएको यडा सदस्य वर्तौलाले बताएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार